कारितासद्वारा मेची अस्पताललाई १६ लाखबढीको स्वास्थ्य सामग्री प्रदान

११ साउन, भद्रपुर :  अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची प्रादेशिक अस्पताललाई १६ लाख रुपयाँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नेपालमा दोस्रो लहरको संक्रमण फैलिए यता कारितासले मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री उपलब्त्र गराएको यो दोस्रोपटक हो ।
विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्रीमा २ लाख १० हजार मूल्य बराबरको १० थान अक्सिजन सिलिण्डर, ५ लाख ८० हजार मूल्य बराबरको ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ लाख ९५ हजार ७८८ रुपैयाँ मूल्य बराबरको ४५० सेट पीपीई, १ लाख ३२ हजार मुल्य बराबरको १०० बट्टा सर्जिकल पञ्जा, ६४ हजार १५ रुपैयाँ मूल्य बराबरको ५१५ बट्टा सर्जिकल मास्क, ४९ हजार ९४६ रुपैयाँ मूल्य बराबरको ३४ थान अक्सिमिटर, ४५ हजार ८७ रुपैयाँ मूल्य बराबरको २१० बट्टा स्यानिटाइजर र २४ हजार ९९० रुपैयाँ मूल्य बराबरको भेन्चुरी मास्क रहेको कारितास नेपालका कर्मचारी गोविन्दराज कट्टेलले बताउनु भयो ।
अस्पतालको कोभिड वार्ड परिसरमा सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंकप्रसाद बाराकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।
यसअघि, कारितास जर्मनको आर्थिक सहयोगमा ११ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री मेची अस्पताललाई प्रदान गरिएको थियो ।
दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएको, संक्रमणदर तीब्र हुँदा र अस्पताल जानुपर्ने विरामीको संख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकोले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताउनु भयो ।
कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पतालनजिक क्षयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड १९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेशन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गरेको पोखरेलको भनाइ छ ।
कारितास नेपालले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिम्मा लिँदै अस्पतालका अध्यक्ष पोर्तेलले कोभिड–१९ महामारी नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा ती सामग्री अत्यन्तै उपयोगी हुने बताउनु भयो । उहाँले कारितास नेपालले पुर्याएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । मेडिकल सुपरिन्टेन्डेन्ट डा. बाराकोटीले कारितास नेपालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको बताउनु भयो ।¬

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.