Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

शिक्षकको पदपूर्ति असोजबाट

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 10, 2021
  • 11:05 AM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता, शिक्षा, सूचना / प्रविधि
0 0
A A
0
सेयर
7
हेरिएको
Share on FacebookShare on Twitter
शिक्षकको पदपूर्ति असोजबाट

२६ साउन, काठमाण्डौं :  शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो ।
शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिनुभयो ।
आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गरिदिन अनुरोध गरेको छ ।
केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाएको भए पनि पछिल्लो विवरणसमेत थप गर्न भनिएको आयोगले जनाएको छ । आयोगको आग्रहपछि केन्द्रले आगामी भदौ १० सम्म रिक्त विवरण पठाउन जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । अध्यक्ष रेग्मीले चैत मसान्तसम्म १२ हजार शिक्षकको दरबन्दी रिक्त रहेको विवरण आयोगमा प्राप्त भएको जानकारी दिनुभयो । हरेक दिनजसो शिक्षकहरू सेवानिवृत्त हुने भएकाले बढीमा १५ हजारसम्म शिक्षक दरबन्दी रिक्त भएको हुनसक्ने आयोगको अनुमान छ ।

सार्वजनिक विद्यालयको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी अब यी दरबन्दीको पूर्ति हुनेछ । चार वर्षपछि शिक्षण सेवामा नयाँ शिक्षकको पदपूर्ति हुन लागेको हो ।
यसअघि २०७४ सालमा आयोगले नयाँ शिक्षकको पदपूर्ति गरेको थियो । यस पटक अस्थायी शिक्षकको व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेकाले सबै पदपूर्ति खुला तरिकाले हुने जनाइएको छ ।

संविधानले नेपालको विद्यालय तहको शिक्षा प्रणालीलाई आधारभूत र माध्यमिक तहका रूपमा परिभाषित गरे पनि कानुनतः अझै विद्यालय शिक्षाको शिक्षकको पदपूर्ति भने पुरानै हिसाबले भइरहेको छ । पुरानै कानुनअनुसार प्रावि, निमावि, मावि तहकै हिसाबले शिक्षकको पदपूर्ति प्रक्रिया अघि बढाइने जानकारी अध्यक्ष रेग्मीले दिनुभयो ।
आयोगका अनुसार प्रावि तहको जिल्ला र निमावि तथा मावि तहका शिक्षकको प्रदेशगत हिसाबले विज्ञापन गरिनेछ । निमावि र मावि तहमा विषयगत हिसाबले विज्ञापन गरिन्छ भने प्रावि तहमा भने विषय छुट्याइँदैन ।

यसैबीच आयोगले भदौ महिनाभित्र शिक्षक लाइसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ जनशक्तिलाई शिक्षण पेसामा भित्र्याउन सहज होस् भनेर शिक्षक लाइसेन्सको परीक्षा लिइने भएको हो ।
शिक्षक सेवा आयोगले सञ्चालन गर्ने स्थायी शिक्षकको पदपूर्तिका लागि उम्मेदवारले शिक्षक लाइसेन्सको परीक्षा पास गरेको हुनुपर्ने प्रावधान छ । नयाँ जनशक्तिलाई सेवा प्रवेश गर्न सहज होस् भनेर पहिला शिक्षक लाइसेन्सको परीक्षा गरेपछि मात्र शिक्षकको नयाँ पदपूर्ति गर्ने योजना बनाइएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । प्रावि, निमावि र मावि तहमा लाइसेन्स वितरण गरिनेछ । परीक्षार्थीको भौतिक उपस्थितिमै शिक्षक लाइसेन्सको परीक्षा गरिनेछ । कोरोना भाइरस सङ्क्रमणको पछिल्लो अवस्था हेरेर परीक्षाबारे निर्णय गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । प्रविधिको माध्यमबाट परीक्षा गर्ने अवस्था भने विकास भइसकेको छैन । यस विषयमा आयोगमा छलफल भइरहेको छ ।

यसैबीच आयोगले झन्डै तीन हजार शिक्षकको बढुवा प्रक्रिया अगाडि बढाउने भएको छ । आयोगमा हाल दुई हजार सात सय शिक्षक दरबन्दीमा बढुवा गर्नुपर्ने विवरण प्राप्त भएको छ । यसमा गत चैत मसान्तदेखिको तथ्याङ्क थप हुँदा यो सङ्ख्या तीन हजारको हाराहारीमा पुग्ने अनुमान आयोगको छ ।
नयाँ शिक्षकको पदपूर्तिका लागि सिफारिस, शिक्षकको बढुवा र शिक्षकको लाइसेन्स परीक्षा सञ्चालन गर्नु नै आयोगको मुख्य जिम्मेवारी रहेको अध्यक्ष रेग्मीले स्पष्ट गर्नुभयो ।

गोरखापत्र अनलाइनबाट

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने
अर्थ / वाणिज्य

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै हुने

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
नागढुंगाबाट १५०० एम्पुल लागुऔषध बरामद, तीनजना पक्राउ

नागढुंगाबाट १५०० एम्पुल लागुऔषध बरामद, तीनजना पक्राउ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In