३१ साउन मेचीनगर : झापा जिल्लाभरिका उद्योगा बाणिज्य संघको एक प्रतिनिधि मण्डलले आइतबार जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीलाई भेटेर समग्र जिल्लाका उद्योगी व्यवसायीहरुको अवस्थाका बारेमा जानकारी गराएको छ ।
करीव डेढवर्षअघिदेखिको कोभिड १९ को महामारी,त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण जिल्लाका हरेक उद्योगी व्यवसायीहरु संकटमा परेको र व्यवसायबाटै पलायन हुने अवस्था सिर्जना भएकाले दिर्घकालिन समाधानका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई प्रतिनिधि मण्डलले आग्रह गरेको टोलीमा सहभागी मेची उद्योग बाणिज्य संघ मेचीनगरका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले कोभिड १९ विरुद्घको खोप झापाली उद्योगी व्यवसायी र सर्वसाधारणलाई सहजरुपमा उपलब्ध गराईदिन समेत आग्रह गरेको थियो ।
कर, बैंकको व्याज, घर भाडाको मारमा परेका उद्योगी व्यवसायीलाई मात्र बन्द गरेर अन्य गतिविधि सञ्चालन भएको भन्दैं प्रमुख जिल्ला अधिकारी तिमिल्सिना समक्ष झापाली उद्योगी व्यवसायीहरुको प्रतिनिधि मण्डलले आपत्ति जनाएको संघका अध्यक्ष ऋषिराज तिमिल्सिनाले जानकारी दिनुभयो । सरकारले उद्योगी व्यवसायीका उद्योग र व्यवसायमात्र बन्द गर्दैंमा कोभिड १९ नियन्त्रण र रोकथाम नहुने, बरु उद्योग व्यवसाय संकटमा पदैं गएका कारण यस्तो अवस्थाले जिल्लाले दोहोरो मार व्योहोर्नु परेको हुँदा यस्ता समस्याको दिर्घकालिन समस्या खोज्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरिएको थियो ।
झण्डै डेढवर्षदेखि कोभिड १९ नियन्त्रणका जिल्लामा गरिएको लकडाउनले कोभिड १९ नियन्त्रण हुन सकेको व्यवसायीहरुको ठहर छ । बन्दाबन्दीले हरेक क्षेत्र बन्द भएपनि कोरोना नियन्त्रण हुन नसकेको व्यवसायीको भनाई छ । उद्योगी व्यवसायीका नेताहरुले सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरेर विहानदेखि साँझसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष गरेको मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरौलाको भनाई छ । प्रतिनिधि मण्डलले प्रजिअ तिमिल्सिनालाई व्यवसाय सञ्चालनको समयवधिमा अनुमगनको लागि आग्रहसमेत गरेको छ ।
प्रतिनिधि मण्डलमा उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु पनेरु, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष दिपेन्द्र राउतलगायतको सहभागिता रहेको थियो ।
उनीहरुले व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने, कोभिड १९ नियनत्रणका लागि उद्याग व्यवसायमात्र बन्द गर पनि कोभिड १९ को संक्रमण र मृत्युदर अपेक्षा गरे अनुसार कम नभएको, समयदेखिको लकडाउनका कारण व्यवसाय धरासायी बन्दै गएको, जिल्लाका उद्योग र व्यववसाय ठप्प भए पनि विभिन्न राजनैतिक दलका कार्यक्रम नरोकिएको, यातायात निर्वाधरुपमा सञ्चालन भइरहेको, आंशिक रुपमा छोटो समयका लागि मात्र व्यवसाय सञ्चाmन गर्दा मानिसको भीडभाड बढेको बताउदैं सबै उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था गरी, सतर्कता अपनाउँदै व्यवसाय सञ्चालनको वातवरण सिर्जना गरिदिन आग्रह गरेका थिए । वर्तमान अवस्थाले नै निरन्तरता पाईरहे जिल्लाका उद्योगी व्यवसायीहरु लकडाउनको उल्लंघन गर्न बाँध्य हुने उनीहरुको भनाई छ । संक्रमणका कारण स्वस्थ्य क्षेत्रको अवस्था दयनिय भएको हो भने स्वास्थ्य संकटकाल घोषणा गरी पूर्णरुपमा लकडाउन जारी गर्न झापाली उद्यागी व्यवसायीहरुको सुझाव छ ।
सोमबार बस्ने डिसीसीएमसीको बैठकले व्यवसायीको मागको सम्बोधन गर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले प्रतिबद्धता जनाउनुभयो । जिल्ला प्रशासन, स्थानीय सरकर, सुरक्षा निकाय र उद्योग वाणिज्य संघको टोलीले दैनिक बजार अनुगमन गरी व्यवसाय सञ्चालन गरिने समेत छलफलले निष्कर्ष निकालेको छ ।