Thursday, May 6, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारबिजुलीको पोलमा चढेका प्राविधिकलाई करेन्टको झट्का,भिडियो सहित

बिजुलीको पोलमा चढेका प्राविधिकलाई करेन्टको झट्का,भिडियो सहित

इटहरी । सडक विस्तारको काम तीव्र भएसगै इटहरी चोकमा बिजुलीको पोल सार्ने काम धमाधम भैरहेको छ । विद्युत प्राधिकरण इटहरी शाखाले बिजुलीको पोल सार्ने क्रम रहेकोले दिउँसो विद्युत् अवरुद्ध हुने जानकारी गराएको छ ।

यसै बीचमा आज बुधबार कोशी मार्गमा रहेको धरान रोडमा बिजुलीको पोलमा चढेका एक प्राविधिकलाई करेन्ट लागेको छ । करेन्ट लागेर उनी बेहोस भएका थिए । बेहोस भएर अड्किएका उनलाई अर्का प्राविधिक पोलमा चढेर होसमा ल्याएका थिए ।होसमा आएपछि उनी सकुसल अवतरण गरेका थिए । ती व्यक्ति सडक विस्तारको काम गरिरहेका ठेकेदारको लागि बिजुलीको पोल सार्ने प्राविधिक हुन् ।

‘मृत्यु नै भयो होला जस्तो लागेको थियो, बेहोस मात्र भएको रहेछ,’ प्रत्यक्षदर्शी फोटो पत्रकार विसप ताम्राकारले भने, ‘यस्तो दृश्य पहिलो पटक देखेँ ।’

यता विद्युत् प्राधिकरण इटहरीले भने आफूहरुले कामको समयमा लाइन काटेको भएपनि पोलमा जोडिएको तारमा प्रवाह भएको कसैको इन्भर्टर या जेनेरेटरको विद्युत् ब्याकअपका कारण झट्का लागेको हुनसक्ने जनाएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु