काँकरभिट्टा | बालबालिकाभित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उद्घेश्यले मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल काँकरभिट्टाले आयोजना गरेको अनलाईन चित्रकला प्रतियोगिताको उपाधि मेचीनगर—१० स्थित इष्ट होराइजन माविका अभिशेक प्रधानले जित्नुभएको छ । प्रतियोगितामा सहभागी कुल २१ जना प्रतिस्पर्धीलाई पछि पादैं प्रधानले नगद ५ हजार रुपैयाँसहित प्रमाण पत्र हात पार्नुभएको थियो ।
उहाँहरुका अनुसार फेसबुकमार्फत गरिएको शेयर, लाईक र निर्णायकको निर्णयको आधारमा प्रतियोगिहरुको मुल्यांकन गरिएको मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल काँकरभिट्टाका प्रमुख डक्टर राईले जानकारी दिनुभयो । विश्व दृष्टि दिवसको अवसरमा अस्पतालले लक डाउनका कारण बालबालिकामा नकरात्मक असर नपरोस र उनीभित्र लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्घेश्यले आयोजित प्रतियोगिताले बालबालिकालाई आफूभित्रको प्रतिभा प्रदर्शन गर्ने अवसर मिलेको निर्णयक समितिका उज्जवल प्रसाईले बताउनुभयो । नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिले विश्वनै बन्दाबन्दीको अवस्थामा रहेका बखत स साना बालबालिकमा नकरात्मक असर पर्ने भएकाले प्रत्यक्षरुपमा कार्यक्रम सञ्चालन गर्न नसकेपनि प्रविधिको भरपुर सदुपयोग गदैं विद्यार्थीलक्षित प्रतियोगिताको आयोजना गरिएको मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल काँकरभिट्टाका प्रमुख प्रशासक पुनम प्रधानले बताउनुभयो ।