Wednesday, February 8, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

पछिल्लो समय ट्याटु खोप्नेप्रति मानिसको आर्कषण

१८ देखि ६५ वर्ष उमेर सम्मका मानिसहरु आफ्नो शरिरमा ट्याटु खोप्नैका लागि ट्याटु आर्टिसकहाँ पुग्ने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 12, 2020
  • 2:48 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, स्थानीय समाचार
222 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | आजभोलि युवापुस्तामा ट्याटु खोपाउने एउटा फेसन नै भईसकेको छ । शरीरका देखिने भागदेखि गोप्य अंग वरिपरीसमेत ट्याडु खोप्ने चलन बढेको छ । तत्कालीन र दीर्घकालीन असर हेरेर मात्र ट्याटु खोपाउनु उपयुक्त हुने चिकित्सकहरुको सल्लाह छ । यसबारे राम्ररी बुझेर निर्णय लिँदा पछि पछुताउनु पर्ने स्थिति नआउने उनीहरुको भनाई छ ।

पछिल्लो समय शरिरका विभिन्न भागमा ट्याटु खोप्नेप्रति मानिसको आर्कषण बढेको छ । पछिल्लो केहि वर्ष यता युवापुस्तामा मात्र होइन अन्य उमेर समुहका मानिसमा समेत ट्याटु मोह तीव्र रूपमा बढेको छ । विभिन्न ‘थिम’मा ट्याटु खोप्ने युवाको संख्या दैनिक बढिरहेको छ । ट्याटु युवा पुस्तामाझ फेसनका रूपमा विकास भइसकेको छ ।

१८ देखि ६५ वर्ष उमेर सम्मका मानिसहरु आफ्नो शरिरमा ट्याटु खोप्नैका लागि ट्याटु आर्टिसकहाँ पुग्ने गरेका छन् । शुरु शुरुमा शरिरमा ट्याटु खोपेका मानिसहरुलाई समाजले फरक दृष्टिकोणले हेर्ने गरेका कारण यसप्रति मानिसको खासै आर्कषण नरहेको ट्याटु आर्टिसहरु बताउँछन् । पछिल्लो समयमा ट्याटुप्रतिको मानिसको धारणा सकरात्मक भएकाले यसतर्फ मानिसको आर्कषण बढेको याङ्सी ट्याटु हन्टका सञ्चालक सन्ध्या मास्के बताउनुहुन्छ ।

शुरु शुरुमा ट्याटु खोपेका मानिसदेख्ने वित्तिकै कि त सवारी साधनमा काम गर्ने वा लागूऔषध प्रयोगकर्ता हुन भनेर गलत अर्थले बुझिन्थयो । अहिले डक्टर, वकिल, नेता, कलाकार अनि ट्याटु खोप्नेमा सर्वसाधारण मात्र छैनन्, यसका पारखी सेलीबेटीहरूको संख्या पनि बाक्लै छ । वा सवैले ट्याटु खोप्ने गरेका छन् । १३ वर्षदेखि व्यवसायिकरुपमा यो पेशा थाल्नु भएका मास्केले मासीक ३ देखि ५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । यो आम्दानीले पनि यसप्रति मानिसको आर्कषण बढेको पुष्टि हुने उहाँको भनाई छ । भारतको दिल्लीस्थित डी एण्ड डी ट्याटु आर्टसमा ६ महिने कोर्स तथा दुईवर्षसम्म अभ्यास गर्नुभएका सन्ध्याले यसैको कमाईबाट आफनी ठुलो छोरीलाई चिकित्सक बनाउनुहुदैछ । बाकी दुई सन्तानलाई समेत उच्च शिक्षाका लागि भर्ना गर्नुभएको छ भने जग्गाजमीन, सवारी साधन समेत जोड्नु भएको छ ।

ट्याटु आर्टिसहरुले ट्याटु बनाईदिए वापत कम्तिमा १ हजार रुपैयाँदेखि डेढलाख रुपैयाँमुल्य सम्म लिने गरेका छन् । धेरैले युवतीहरू ग्ल्यामर देखिनका लागि अचेल कम्मर, पिठ्यूँ, तिघ्रा, नाइटो अवि वक्षस्थलजस्ता ठाउँमा हिँड्दा, निहुरिँदा हल्का देखिने गरि ट्याटु बनाउँने गरेका छन् भने युवाहरू आफूलाई जंकी देखिने खालका ट्याटु बनाउने गरेका छन् ।

हात, कम्मर, नाइटो, तीघ्रा, गालालगायतका भागमा विभिन्न प्रकारका आकृति बनाउने गरेको मास्केले बताउनुभयो । ट्याटु हान्न कुनै उमेर, लिङ्गले नछेक्ने भएपनि आफुले १८ वर्षदेखिमाथिकालाई मात्र ट्याटो खोप्ने मास्केको भनाई छ । ट्याटु छालामा बनाइने रंगहरूको कला हो । ट्याटु खोप्न सामान्यतया कलाकारले मेसिन प्रयोग गर्छन् जसले सिलाइ मेसिन जस्तै काम गर्छ । यस क्रममा छालामा बारम्बार एक वा अधिक सुईको प्रयोग गरिन्छ । ट्याटु खोेपिने प्रक्रियाले सामान्य दुखाइ गराउँने ट्याटु आर्टिसहरुको भनाई छ ।
उहाँकोमा ट्याटु खोप्नैका लागि भारतको सिक्किम, दार्जिलिङ्ग, कालेम्पोङ्ग, खर्साङ्ग, आसामलगायतका ठाउँबाट समेत मानिस आउने भएपनि नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले भारतीयहरु बन्द भएको उहाँको भनाई छ । ट्याटु खोप्दा विभिन्न रोग निम्तिने भन्ने गलत सन्देशले समेत कहिले काँहि आफ्नो व्यवसायमा असर पर्ने गरेको भन्दैं व्यवस्थित र सुरक्षित ठाउँमा मात्र ट्याटु खोप्न पनि सुझाव दिनुभयो । एकव्यक्तिलाई प्रयोग गरिएको सुई मसीलगायतका अन्य सामाग्री अर्काे व्यक्तिलाई प्रयोग नगर्ने छालाको रङकै मसी प्रयोग गर्ने उहाँको भनाई छ । अहिले मानिसहरुले आफ्नो पेशा अनुसारको आकृति बनाउने गरेका छन् । जो कसैले पनि उस्को शरिरको ट्याटु देखेर उस्को पेशाको पहिचान गर्दछ । विदेशमा पेशा अनुसार आकृति बनाउने गरेको बताउँदै मास्केले नेपालमा चाँहिलाई नक्कलमात्र गर्ने गरेको जानकारी दिनुभयो ।

अन्य समयको तुलनामा चाडपर्वका बखत अत्यधिक मानिसहरु ट्याटु खोप्न आउने इण्डो एन्कका सञ्चालक एवम् ट्याटु आर्टिस सागर मगरको भनाई छ । उहाँकोमा दैनिक ५ देखि ७ जनासम्म आउने गरेका छन् । ग्रामीणक्षेत्रमा भन्दा सहरी क्षेत्रमा ट्याटु बनाउने फेसन नै चलेको छ ।

विगतको तुलनामा अहिले ट्याटु बनाउने रुचिमा धेरै परिवर्तन आएको उहाँको भनाई छ । उहाँका अनुसार इन्टरनेट र प्रविधिका कारण अहिले ग्राहकहरू गुगलमा सर्च गरेर आफूलाई मनपर्ने ट्याटुको डिजाइन लिएर आउँने गरेको तथा अचेलका युवा भगवान् शिव भगवनको चित्र छातीमा खोपाउन रुची राख्छन् । शरीरमा फूल, कोठी, घाम, जूनका साथै आफ्नो तथा श्रीमानको नाम खोपाउँने गरेका छन् । ट्याटु बनाउँदा थोरै समय लाग्छ तर यदि हटाउँदा ५ देखि ६ महिनासम्म लग्ने आर्टिसको भनाई छ ।

शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो हो । परम्परागत मान्यता र धार्मिक विश्वासका आधारमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने प्रचलन चलि आएको छ । ट्याटु खोपाउनुभन्दा पहिले राम्ररी विचार गर्नुपर्छ । ट्याटुका लागि शरीरको उपयुक्त स्थान सावधानीपूर्वक छनोट गर्नुपर्छ । सबैले देख्ने ठाउँमा बनाउने कि कपडाले छोप्ने ठाउँमा तौल बढ्दा कतिपय भागमा बनाइएका ट्याटु विकृत हुन सक्छ यसकारण पनि ट्याटु खोपाउने बेलामा सोच्नै पर्छ ।

Share41Tweet26SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २५ गते बुधबार)

February 8, 2023
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश
कानून / अपराध

थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश

February 7, 2023
रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने
मुख्य समाचार

प्रहरीले जाहेरी लिन नमानेपछि लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयमा पर्याे निवेदन

February 7, 2023
प्रदेश-१

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

February 7, 2023
मेची पुलबाट एयरगन र पेस्तोलसहित चार भारतीय पक्राउ
कानून / अपराध

मेची पुलबाट एयरगन र पेस्तोलसहित चार भारतीय पक्राउ

February 7, 2023
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजबाट यमपञ्चक सुरु, तिथिको घटबढका कारण काग तिहार भोलि

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In