चन्द्रगढी विमानस्थल विस्तारको काम छिटै हुन्छ : मन्त्री भट्टराई

एक हप्ता लामो गृह जिल्ला ताप्लेजुङ्ग बसेर शुक्रबार काठमाडौं फर्किन झापाको चन्द्रगढी विमानस्थल हुँदै आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकारले घोषणा गरेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै अबका दिनमा लामो समय थला परेको पर्यटन क्षेत्र उठ्ने बताएका छन् ।

मन्त्री भट्टराईले भने, ‘महिनाको १० अर्ब जति पर्यटन क्षेत्रमा घाटा भएको तथ्यांक छ । यो अवधिमा १ खर्ब पर्यटन क्षेत्रले गुमाएको छ ।’ हिमाल आरोहण, पदयात्रा, होटल र होमस्टेहरु खुलिसकेको जानकारी दिँदै मन्त्री भट्टराईले अहिलेको अवस्थामा होसियारीका साथ आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताएका छन् । मन्त्री भट्टराईले विदेशी नागरीकहरुलाई पनि नेपाल आवागमनका निमित्त पर्यटक भिसा खुल्ला गर्ने तयारी पनि पुरा भएको बताए ।

मन्त्री भट्टराईले भने, ‘५० अर्बको पुनोरुत्थान कोष सरकारले खडा गरेको छ । त्यही कोषका माध्यम बाट थला परेका पर्यटन व्यावसायीले पर्यटन क्षेत्रलाई उठाउन थप सहयोग पुग्नेछ ।’ मन्त्रीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘पर्यटन क्षेत्र पुरानै लयमा फर्किन समय लागे पनि अब फर्किने सुरु गर्न सकिन्छ ।’

मन्त्री भट्टराइले शुक्रबार बिहानै झापाकै केचनासम्म पुगेर त्यहाँको होचो भू-भागको पनि अवलोकन गरेका छन् । प्रदेश सभा सदस्य माननिय वसन्त बानियाका अनुसार मन्त्री भट्टराईले नेपालकै होचो भुभाग भनेर चिनिएको केचनाको गुरुयोजनाका बारेमा चासो देखाएको बताउँदै केचनालाई चिनाउनका निमित्त सरकारी तवरबाट विशेष पहल गर्ने जानकारी दिए ।

मन्त्री भट्टराईले चन्द्रगढी विमानस्थलको मास्टर प्लान र विस्तारका बारेमा बोल्दै मन्त्री भट्टराईले भने, ‘मास्टर प्लानको प्रक्रिया सकियसँगै विमानस्थल विस्तारको काम पनि छिटै सुरु हुन्छ ।’

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.