Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारनगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड

नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड

सुजन प्रधान |
काँकरभिट्टा | झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा शनिबार सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा संविधान सभा सदस्य रविन कोइरालासहितको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गदैं आउदैं गरेको शुभ दिपावली का अवसरमा देउसी भैलो नाचगानलगायतका भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउन , नेपाल संवत ११४१ का अवसर पारेर भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउनलगायतका ५ बुँदे सार्वजनिक सूचना जारी गरेको छ ।

साथै कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गदैं छड पर्व घर आगनमा नै कुण्ड बनाएर पूजा गरी मनाउन, नदी खोला र तलाउ पोखरी र जलाशयमा अस्थायी पण्डाल बनाएर यस वर्षको पूजा स्नान नगर्न समेत नगरवासीलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । बैठकले यी लगायत सवै सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

१ नम्बर प्रदेश सभासदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीसहितको उपस्थितीमा भएको बैठकले कोभिड१९ संक्रमण नियन्त्रणका लागि नगरकार्यपालिकाको कार्यालयकातर्फबाट चिकित्सकसहितको आवश्यक जनशक्ति व्यवस्थापन, अक्सिजन, औषधि, अति विपन्न परिवारलाई पौष्टिक आहर सहितको १४ दिनका लागि प्याकेज वितरण गर्ने, साथै स्वास्थ्यकर्मीहरुको मोवायल टोली, रेपिड रेसपोन्स टिम निर्माण गरी आपतकालिन उद्घार गर्ने निर्णय समेत गरेको छ ।

कोरोना संक्रमणका बेला अक्सिजन कमिका कारण गभ्भीर समस्या आउने भएकाले आम नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आपतकालिन अवस्थामा भएका बिरामीहरुका लागि अक्सिजन उपलब्ध गराउने यस अघि नै निर्णय गरेको बैठकमा सहभागीहरुलाई कार्यवहाक प्रमुख उप्रेतीले जानकारी दिनु भएको थियो ।सहभागीहरुले यसलाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि सवैले आ आफ्नोक्षेत्रबाट सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए । अक्सिजन अभावका कारण नगरबासीको मृत्यु हुन सक्ने अवस्थालाई बुझेर नगरपालिकाको तर्फबाट अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई उपलब्ध गराउने गरी हाल नगरपालिकामा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था मिलाईएको र आवश्यकता अनुसार थप गर्ने उहाँको भनाई थियो ।

कोभिड संक्रमणका बखत पौष्टीक आहारको कमि भए संक्रमितहरुको जीवन झनै जोखिममा पर्ने भएकाले बिपन्न परिवारका सदस्यहरुका लागि औषधि सहितको कम्तिमा १४ दिनका लागि पौष्टिक आहार उपलब्ध गराउन लागिएको कार्यवहाक प्रमुख उप्रेतीले बताउनु भयो नगरभित्रका संक्रमितहरुको अवस्था बुझ्न र उनीहरुलाई आवश्यक स्वास्थ्य तथा अन्य परामर्श दिनका लागि स्वास्थ्यकर्मीसहितको रेपिड रेसपोन्स टिम बनाउने र उक्त टिमले दैनिक रुपमा संक्रमितहरुसंग टेलिफोन मार्फत स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र आवश्यक अन्य परामर्श सहित सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।

वैठकमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा वैठकको सञ्चालन गदैं हालसम्म नगरपालिकाले कोभिड नियन्त्रणमा खेलेको भूमिकाका बारेमा सहभागीहरुलाई जानकारी दिनुभयो । प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीले कोभिड १९ को संक्रमण रोक्न स्थानीय सरकारले शुरु देखि नै गरेको महत्वपूर्ण काम गरेकाले मेचीनगरले ठूलो क्षति व्योहोर्नु नपरेको र मुलुकभर प्रशंसा कमाएको जानकारी गराउनुभयो ।

नेकपाका झापा जिल्ला सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाल काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, मेचीनगर सचिव हस्तबहादुर आङ्गदम्बे, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रम्ख प्रहरी निरीक्षक प्रकाश जवेगु सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईलगायत विभिन्न विषयमा आ आफ्नो सुझाव पेश गर्नुभएको थियो ।

बैठकमा चाडपर्वका नाममा खेलिने तास,जुवा कौडालगायत जुवाजन्य सवै खेललाई रोक्न, अव्यवस्थित रुपमा सिटी सफारी म्याजिक अटोलगायतका सवारी साधनलाई व्यवस्थितरुपमा पार्किङ्गको व्यवस्था मिलाउन, ‘अनटेष्ट ’ लेखेका सवारी साधनले दुघर्टना गराए पहिचानमा समस्या हुने भएकाले त्यस्ता सवारी साधनमा तत्काल नम्बर लेखाउनुपर्ने, पछिल्लो समय भारतीय सवारी साधनको संख्या तीब्र बढेकाले त्यसलाई नियन्त्रण र व्यस्थित गर्न, काँकरभिट्टामा रहेको होल्डिङ्गलाई थप व्यवस्थित गर्न तथा लागूऔषधको ओसारपासरलाई नियन्त्रण गर्ने र नगरभित्र सञ्चालनमा रहेका होटल र रेष्टुरेण्टलाई राति ८ बजेभित्रमा बन्द गर्नुपर्ने लगायतका विषयमा समेत छलफल भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले बताउनुभयो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु