भारतमा ९५ लाख बढीलाई कोरोना संक्रमण पुष्टि

बिहिबार,१८ मङ्सिर,२०७७

काँकरभिट्टा ।छिमेकी मुलुक भारतमा ९५ लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ३१ हजार पाँच सय ८५ नयाँ बिरामी थपिएपछि भारतमा संक्रमित संख्या ९५ लाख ३१ हजार दुई सय ९५ जना पुगेको हो । भारतमा हालसम्म एक लाख ३८ हजार छ सय २८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ८९ लाख ६८ हजार दुई जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु निको हुँदै घर फर्किएका छन् । चार लाख २४ हजार छ सय ६५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा पर्छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या एक करोड ४२ लाख ९४ हजार एक सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार छ सय ६२ नयाँ संक्रमित थपिए । कोरोनाका कारण हालसम्म दुई लाख ७९ हजार छ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन दुई हजार छ सय ४१ जनाको ज्यान गयो । संक्रमितमध्ये ८४ लाख ४२ हजार एक सय ७३ जनाको उपचार सम्भव भएको छ । ५५ लाख ७२ हजार तीन सय २५ जनाको उपचार जारी छ । उपचाररत रहेकामध्ये २५ हजार आठ सय ६४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ६४ लाख ३६ हजार छ सय ५० पुगेको छ । एकै दिन ४८ हजार एक सय २४ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख ७४ हजार पाँच सय ३१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय ६९ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ५६ लाख ९८ हजार तीन सय ५३ जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख ६३ हजार सात सय ६६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुने मुलुकमध्ये विश्वकै तेस्रो नम्बरमा पर्छ ।

विश्वमा कोरोना संक्रमितको संख्या छ करोड ४७ लाख ८८ हजार नौ सय चार पुगेको छ । एकै दिन छ लाख चार सय ९३ जना संक्रमित थपिए । कोरोनाका कारण हालसम्म १४ लाख ९८ हजार सात जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र १२ हजार १३ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये चार करोड ४८ लाख ९१ हजार २५ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर कोरोनामुक्त हुँदै डिस्चार्ज भइसकेका छन् । एक करोड ८३ लाख ९९ हजार आठ सय ७२ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख छ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.