१७ औँ राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस काँकडभिट्टामा मनाइयो

 

काँकडभिट्टा , २० मंसिर/ १७ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसका अवसरमा शनिबार काँकडभिट्टामा चार जना महिला स्वयम् सेविकालाई सम्मान गरिएकाे छ ।

“काेभिड १९ काे राेकथाम र समृद्धिका लागि संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ स्वयमसेविकाकाे भूमिका अपरिहार्य ” भन्ने नारासहित मेचीनगर नगरपालिकाकाे स्वास्थ्य शाखा काँकडभिट्टा स्वास्थ्य केन्द्रमा आयोजना गरेकाे कार्यक्रममा वडानम्वर ५ कि देविमाया गिरी,६ कि कमला ठकुरी, ७ कि निर्मला राजवंशी र ८ कि देविकालाई नगदसहित सम्मान र पुरस्कृत गरिएकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता गर्दै स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडा अनमी विद्या शिवाकाेटीलगायले नगदसहित अविर टीकाले सम्मानसहित पुरस्कृत गर्नुभएकाे थियाे ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाले समाजमा पुर्याएकाे याेगदान विर्सन नहुने प्रमुख खतिवडाकाे भनाई थियाे । महिला स्वास्थ्य स्वयमसेविकाहरू
देविका गिरी, तारा भण्डारी,घना बुडाथाेकीले राज्यले अहिलेसम्म महिला स्वास्थ स्वयम् सेविकालाई पर्याप्त सेवा सुविधा नदिएकाे गुनासाे गर्नुभयाे ।

स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी विष्णु घिमिरे सञ्चालन गरेकाे कार्यक्रममा अनमि भद्रिका विशुंखेले सवैलाई स्वागत गर्नुभएकाे थियाे । स्वागत तथा सम्मानपछि महिला स्वास्थ्य स्वयमसेविकासहितकाे र्यालीले काँकडभिट्टा बजारकाे मुख्य भागकाे परिक्रमा गरेकाे थियाे ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.