Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

शर्मा–सिटौला शक्ति संघर्ष सतहमै

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
April 26, 2022
भित्र प्रदेश-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय समाचार
0
0 0
0
सेयर
197
हेरिएको
Share on FacebookShare on Twitter
शर्मा–सिटौला शक्ति संघर्ष सतहमै

१३ वैशाख,  काँकरभिट्टा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाबीचको वर्षौंदेखिको शक्ति संघर्ष सोमबार सतहमै देखिएको छ । भूगोल र जनसंख्याका हिसाबले जिल्लाकै ठूलो मेचीनगर नगरपालिकाको प्रमुखको उम्मेदवार बनाउने विषयमा भएको विवादपछि शर्मा–सिटौलाको वर्षौंदेखिको आन्तरिक द्वन्द्व सतहमै देखा परेको हो ।

 

 

मनोनयन दर्ताका क्रममा शर्मानिकट प्रमुखका उम्मेदवार इन्द्र बुढाथोकी र सिटौलानिकट प्रमुखका उम्मेदवार केशवराज पाण्डेबीच विवाद भएको थियो । मनोनयन दर्ताका लागि पहिला शर्मानिकट उम्मेदवार नगर निर्वाचन कार्यालय पुगेका थिए । केन्द्रले पठाएको प्रमुखको टिकटलगायतका कागजातसहित फारम भरेर बसेका बुढाथोकीका प्रस्तावक पुष्पराज पौडेलको हातबाट पाण्डेले फारम थुतेका थिए । सो क्रममा झन्डै हात हालाहालको स्थिति भएको थियो ।

पछि पौडेल प्रस्तावक र सूर्य कार्की समर्थक बसेर पुनः नयाँ फारम भरेर निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको थियो । तर, विवाद भएको भन्दै निर्वाचन अधिकृत वेदराज फुँयालले मनोनयन दर्ता गर्न मानेनन् । त्यसपछि महामन्त्री शर्माले फोन गरेर ‘आधिकारिक उम्मेदवार’ बुढाथोकी नै भएको जानकारी गराएपछि बल्ल मनोनयन दर्ता भएको थियो ।

कांग्रेसको विधानअनुसार नगरपालिकाका मेयर र उपमेयर पदको उम्मेदवार नगर र जिल्लाको सिफारिसमा प्रदेश संसदीय समितिले टुंगो लगाउने प्रावधान थियो । सोही प्रावधानलाई टेकेर प्रदेश समितिले जिल्ला सभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिटौलाका विश्वासपात्र मानिने प्रदेश संसदीय समितिका सभापति उद्धव थापाले एकलौटी ढंगबाट पाण्डेलाई टिकट दिएको भन्दै महामन्त्री शर्मा आक्रोशित बनेका थिए । आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा भएको लामो संवादपछि प्रदेशको निर्णयलाई केन्द्रले हस्तक्षेप गर्दै शर्मानिकट बुढाथोकीलाई केन्द्रबाटै टिकट दिलाइएको थियो ।

आफ्नो क्षेत्रमा सिटौलाले हस्तक्षेप गरेको निर्णयप्रति महामन्त्री शर्माले असन्तुष्टि पोखेका थिए । शर्माले सिटौला समूहले एकलौटी गर्न खोजेको भन्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई केन्द्रबाटै हस्तक्षेप गर्न लगाएका थिए । केन्द्रको हस्तक्षेपपछि पाण्डेको टिकट खोसिएको छ । निर्वाचन कार्यालयले बुढाथोकीको उम्मेदवारीलाई आधिकारिक मान्दै उनको मनोनयन दर्ता गर्न मानेन । तसर्थ दलबलसहित आएका उनी निराश भएर फर्किएका थिए ।

झापामा वर्षौंदेखि शर्मा–सिटौला शक्ति संघर्ष छ । पार्टीको नगर, क्षेत्र र जिल्ला तहको चुनावमा मात्रै हैन, नगर, प्रदेश र संघीय निर्वाचनमा पनि यही दुई शक्तिबीच आन्तरिक टकराव हुँदै आएको छ । अघिल्लो पटक प्रतिनिधिसभा निर्वाचनमा शर्मालाई हराउन सिटौला ‘हात धोएर’ लागेको चर्चा कांग्रेसीजनमा अझै चर्चाको विषय बन्ने गर्छ ।

शर्मा–सिटौलाबीचको यो ‘जुंगाको लडाइँ’ आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा झन् चरम रूपमा बढ्ने अनुमान कार्यकर्ताको छ । ‘यही संघर्षको घानमा पाण्डे र बुढाथोकी परेका हुन्,’ एक कांग्रेस नेताले भने, ‘यसले सिंगो पार्टीलाई ठूलो असर पार्नेछ ।’

शर्मानिकट बुढाथोकी क्षेत्र नम्बर १ का सभापति हुन् । व्यवसायी पृष्ठभूमिका पाण्डे जिल्ला उपसभापति हुन् । ‘महामन्त्री शर्माको निर्वाचन क्षेत्रको प्रभावशाली नगरपालिकामा प्राथमिकतामै नपरेका पाण्डेलाई नेता सिटौलाले उम्मेदवार बनाउने निर्णय गरेका पाइयो,’ कांग्रेस नेता पुष्पराज पौडेलले भने, ‘पाण्डे आधिकारिक उम्मेदवार हैनन्, आधिकारिक उम्मेदवार बुढाथोकी हुन् ।’

शर्माको पहिलो प्राथमिकतामा रहेका पूर्वक्षेत्रीय सभापति मणिकुमार उप्रेती र दोस्रोका बुढाथोकी दुवैलाई छाडेर सिटौलाले पाण्डेलाई उम्मेदवार बनाउन प्रदेश समितिमा हस्तक्षेप गरेको आरोप शर्मानिकट नेताहरूको छ ।

कांग्रेसको झापा जिल्ला समितिमा सिटौलाको वर्चस्व छ । नगर र क्षेत्रमा पनि सिटौलाले आफूनिकटलाई सभापति बनाउने रणनीति बनाएका थिए । तर, उनी असफल भएका थिए । बिर्तामोड र भद्रपुरको प्रमुखमा सिटौलानिकट भोजराज सिटौला र गणेश पोख्रेलले प्रमुखको टिकट पाइसकेका छन् ।

साभार : इकान्तिपुरबाट

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

१८ जना संक्रमण मुक्त : १० जनामा संक्रमण पुष्टि

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In