२४ मङ्सिर ,मोरङ । विद्यालयका प्रधानाध्यापकको हत्यापछि मोरङको मिक्लाजुङमा सर्च अपरेसन सुरु गरेको छ । विप्लवका कार्यकर्ता खोज्न जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सुरु निर्णयसँगै अपरेशन सुरु गरिएको हो ।

मिक्लाजुङ १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले हत्या गरेपछि सुरक्षा समितिले यस्तो निर्णय गरेको थियो ।
यता विप्लव समुहले भने सुराकीको आरोपमा सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्न उत्रिएपछि मृत्यु भएको दावी गरेको छ ।
मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँबाट नजिकैको प्रहरी चौकी टाँडी पनि चार घण्टाको दूरीमा छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार धारिलो हतियारले घाँटी रेटेर उनको हत्या गरेको देखिएको छ ।
आजै मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुई जना नेतालाई हतियारसहित पक्राउ गरेको छ ।
सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला पक्राउ परेका हुन् ।
प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८
अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com
Mero Mechinagar © 2020 | Powered by: The Hub
Mero Mechinagar © 2020 | Powered by: The Hub