Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण

घोषणापत्रको पूर्णपाठ

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 9, 2020
0
1 min read
in मुख्य समाचार, राजनीति, राष्ट्रिय
0
सेयर
19
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण
२४ मङ्सिर काठमाण्डौ । : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता घोषणा भएको छ। बुधबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर दुई पार्टीबीच एकता घोषणा भएको हो । एकतापछि नाम ‘विवेकशील साझा पार्टी’ रहनेछ।

कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूल परिस्थितिलाई दृष्टिगत गर्दै पार्टी एकता घोषणा कार्यक्रम जुम र फेसबुक लाइवमार्फत् आयोजना गरिएको हो । नवगठित विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेसँगको छलफलसमेत राखिएको छ।

पार्टीको एकीकरण घोषणापत्र जस्ताको तस्तै : 

आज मिति ०७७ मङ्सिर २४ गते, बुधबार, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ। नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने अपेक्षाका साथ आ-आफ्नै पृष्ठभूमि र परिवेशमा सङ्गठित भएका विवेकशील  नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएका थियौँ। तर त्यो एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भयो। त्यो निकै दुःखद घटना थियो।

पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने हाम्रो साझा लक्षलाई नै गम्भीर क्षति पुर्‍यायो। तत्पश्चात्, हामीलाई पुनः एकीकरणका लागि हाम्रा सदस्य, शुभचिन्तक, आम नागरिक र मतदाताहरूबाट निरन्तर सुझाव, दबाब र उत्प्रेरणा प्राप्त भइरह्यो। परिणामस्वरूप, संवादलाई निरन्तर अगाडि बढाउँदै हामीले आज पुनः पार्टी एकीकरण गरेका छौँ। यो एकीकरण स्वभावतः विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने हाम्रो विनम्र प्रयत्न त हो नै, नेपाली नागरिकले चाहेजस्तै एक अग्रगामी, सुसंस्कृत र उन्नत पार्टी निर्माण गर्ने सङ्कल्प पनि हो।

यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ। हामी बहुलवादमा आधारित “कल्याणकारी लोकतन्त्र”, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहन्छौँ। यस्तो राजनीति जसले निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवासको व्यवस्था तथा सार्वजनिक यातायातलाई राज्यको प्रमुख दायित्व बनाउन सकोस्। यस्तो राजनीति जसले समाजको तल्लो तप्कामा रहेका बहुसङ्ख्यक किसान र मजदुरलाई श्रम गरेर स्वाभिमानपूर्वक बाँच्ने वातावरण तयार गर्न सकोस्। र, इमानदार, सक्षम र दूरदृष्टिपूर्ण नेतृत्व भएको खण्डमा ती सबै सम्भव छन् भन्ने हाम्रो ठहर हो।

हामी सहभागितामूलक लोकतन्त्र र परिणाममुखी राजनीति स्थापना गर्न चाहन्छौँ, जसले प्रत्यक्षतः नागरिकलाई अझ धेरै अधिकार सम्पन्न बनाओस्। जसले जन प्रतिनिधिहरू लाई मतदाताप्रति अझ धेरै उत्तरदायी हुन प्रबन्धन गर्न सकोस्। हामी राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सहअस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी बन्न चाहन्छौँ। हामी समावेशी लोकतन्त्र स्थापना गर्न चाहन्छौँ, जसले युवा, महिला, गरिब तथा सीमान्तकृत समुदायलाई अधिकार सम्पन्न गरी आर्थिक, सामाजिक न्याय सहितको समतामूलक संवृद्धि सुनिश्चित गर्न सकोस्। हामी राजनीतिलाई पेसा हैन, सेवामा रूपान्तरण गर्न चाहन्छौँ।

एकीकृत पार्टी नेपाली नागरिकका लोकतान्त्रिक अधिकारहरूको सम्मान गर्दै, विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै, नेपाली नागरिकको भावनाको कदर गर्दै र संविधानको पूर्णतः पालना गर्दै पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूती, साहस जस्ता मूल्यमान्यतामा रहेर विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र कल्याणकारी राज्यको परिकल्पनालाई साकार बनाउन निरन्तर क्रियाशील रहने छ।

एकीकरणका प्रमुख बुँदाहरू:

१) एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।

२) एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

३) एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।

४) एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्।

५) एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

६) एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ।

७) सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।

८) पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ।

९) एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप हुनेछ।

१०) एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ।

हामी विवेकशील साझा पार्टीलाई ‘अस्तित्वमा’ मात्र रहने सिर्फ एक दल नभई नेपाली नागरिकका पुरा हुन बाँकी सबै सपनाहरूलाई पुरा गर्ने राजनीतिक अभियानको नेतृत्वदायी र रूपान्तरणकारी शक्ति बनाउन चाहन्छौँ। हामी परम्परागत राजनीतिबाट आजित नेपाली नागरिकलाई सुन्दर, लोकतान्त्रिक र अग्रगामी राजनीतिक विकल्प दिन चाहन्छौँ। हाम्रो यो चाहनालाई पुरा गर्न नेपाली नागरिकको साथ, सहयोग र विश्वास हामीलाई अवश्य मिल्नेछ भन्ने हाम्रो अपेक्षा छ। हाम्रो यो राजनीतिक अभियानमा हातेमालो गर्न, ऐक्यबद्धता जनाउन र संलग्न हुन हामी सबै नेपाली नागरिकलाई हार्दिक आह्वान गर्दछौँ।

पार्टी एकीकरणको यो सुखद क्षणमा पार्टीका सदस्य, शुभचिन्तक, मतदाता र आम नेपाली दिदीबहिनी तथा दाजुभाइ प्रति आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्दछौँ।

धन्यवाद सहित,

रवीन्द्र मिश्र                मिलन पाण्डे

संयोजक                 अध्यक्ष

साझा पार्टी                  विवेकशील नेपाली दल

संवाद समितिका सदस्यहरू:

साझा पार्टी         विवेकशील नेपाली दल

समीक्षा बास्कोटा         निर्देश सिलवाल

केशब दाहाल          रञ्जु दर्शना

किरणकृष्ण श्रेष्ठ         रमेश पौड्याल

अनुसूची कः दुवै दलका ६५, ६५ (१३० जना) केन्द्रीय सदस्यको नामावली।

रवीन्द्र मिश्र (अध्यक्ष)

मिलन पाण्डे (संयोजक)

वर्णानुक्रमका आधारमा बाँकी केन्द्रीय सदस्यको नामावली:

अनिल भेटवाल, अनुपमान सैँजु, अनुपा श्रेष्ठ, डा अनुशा थापा, अब्दुस मिया, अमलेश कर्ण, अनिमेश कुमार मिश्र, अमृत पुडासैनी, अमृता थपलिया, अर्जुन खनाल, आशिष रेग्मी जोशी, आशुतोष तिवारी, आशुतोष प्रधान, ईन्दिरा काफ्ले, ईन्दिरा शर्मा वाग्ले, डा उमेद पुन, कमलेश्वर प्रसाद पाठक, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, कीर्ति तुलाधर, कुसुम घिमिरे, कृष्णप्रसाद भट्टराई, केशब दाहाल, केशव मल्ल, गेहेन्द्र दाहाल, गोपाल हमाल, घनबहादुर शाह, घनश्याम विश्वकर्मा, चन्डिका तिमिल्सिना, चिरञ्जीवी बराल, जगन्नाथ काफ्ले, जमुना बन, जमुना शर्मा, जमुना सुबेदी, जीवन ढकाल, तारा काफ्ले, तृष्णा भण्डारी, दिपक प्रसाद उप्रेती, दिव्येश गिरी, दीपक पौडेल, दीपा अर्याल, दुज्जी चौधरी, दुर्गा ताजपुरिया, धनपति महतो, नवराज थापा, निरूपमा यादव, निर्देश सिलवाल, पवन मल्ल, पवित्रा थापा, पुकार बम, पुरुषोत्तम ढुङ्गेल, पुष्पा सापकोटा, प्रकाश आचार्य, प्रकाशचन्द्र परियार, प्रतिभा डङ्गोल, प्रदीप थापा, प्रमेश श्रेष्ठ, प्रेम केसी, बसन्ती रोकाया, भरतराज पन्त, भिमप्रसाद अधिकारी, भूपदेव शाह, भूपेन्द्र वस्नेत, मधुसुदन केसी, मधुसूदन पाठक, मनिस खनाल, महेन्द्रकुमार थापा, महेश पाठक, महेश भण्डारी, मुरलीमनोहर मिश्र, यम नारायण खनाल, रजनी केसी, रजिया बानु, रन्जु दर्शना, रमेश पौड्याल, रमेश महर्जन, रमेश विष्ट, डा राजेन्द्र पंगेनी, राज्यलक्ष्मी श्रेष्ठ, राधिका भट्ट, राम तपस्या साह, राम सोरागथ शर्मा, रामपुकार महरा, रेवतीरमण सुवेदी, रोशनी अधिकारी, रोहित क्षेत्री, लक्ष्मी घिमिरे, लक्ष्मी शाही, विकल शेरचन, विकु लामा, विना शाह, विमल तामाङ, विमला बुढा मगर, विराजभक्त श्रेष्ठ, वृतान्त खनाल, शरण कार्की, शरदराज पाठक, शारदा रिजाल, शिशिर बन्जारा, शोभा शाक्य, श्रीकृष्ण श्रेष्ठ, संगीता श्रेष्ठ, संजय बराल, सचेन घले, सञ्जीव भट्टराई, समाइरा श्रेष्ठ, समिक्षा बास्कोटा, समुन्द्र केसी, सरला लामिछाने, सरस्वती पन्थी भुषाल, सरोज गौतम, सस्मित पोखरेल, साहारा चपाई, सिर्जना खड्का, सुदन मानन्धर, सुमनकुमार मिश्रा, सुमित्रा गुरुङ, सुमित्रासिँह लामा, सुरज प्रधान, सुरेश भट्ट, सुवुना बस्नेत, सुशील देवकोटा, सुशीला केसी अधिकारी, हरिकृष्ण अधिकारी, हरिकृष्ण श्रेष्ठ, हरिप्रसाद गौतम, हरीशप्रसाद भट्ट, हिरामणी पौडेल।

धन्यवादसहित,

विवेकशील साझा पार्टी

बखुण्डाेल, ललितपुर

0
सेयर
19
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

पूर्वी नाकाबाट मरिच, सुपारी, केराउ र छोकडामा रोक लगाएपछि आयात शून्य

अर्को समाचार

झापा विर्तामोडको “शिक्षा सहकारी” नाफामा

सम्बन्धित समाचारहरु

सवारी लाइसेन्सको फारम भर्न अनलिमिटेड गरेपछि सिस्टमले धान्न छाड्यो, मध्यरातमा भर्न सुझाव
राष्ट्रिय

सवारी लाइसेन्सको फारम भर्न अनलिमिटेड गरेपछि सिस्टमले धान्न छाड्यो, मध्यरातमा भर्न सुझाव

मेरो मेचीनगर डेस्क
January 25, 2021
बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीसहित मानवअधिकारकर्मी पक्राउ
राजनीति

बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीसहित मानवअधिकारकर्मी पक्राउ

मेरो मेचीनगर डेस्क
January 25, 2021
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन
मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन

मेरो मेचीनगर डेस्क
January 25, 2021
कोभिड–१९ विरुद्धको खोप उट्घाटन प्रधानमन्त्रीबाट
कोरोना अपडेट

कोभिड–१९ विरुद्धको खोप उट्घाटन प्रधानमन्त्रीबाट

मेरो मेचीनगर डेस्क
January 25, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
    प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
    बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
अर्को समाचार
झापा विर्तामोडको “शिक्षा सहकारी”  नाफामा

झापा विर्तामोडको "शिक्षा सहकारी" नाफामा

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz