सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा नयाँ हाँस प्रजातिको चरा थपिएको छ । यो सँगै आरक्षमा पाइने चरा प्रजातिको संख्या ५ सय ३१ पुगेको छ ।
आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीका अनुसार थपिएको पंक्षी बिनगुज सहित आरक्षमा पाइने चरा प्रजातिको संख्या ५ सय ३१ पुगेको छ । नयाँ भेटिएको बिनगुज सहित आरक्षमा पाइने हाँस प्रजातिको संख्या भने ३७ पुगेको छ ।
संरक्षण अधिकृत चौधरीले आरक्षमा चरा अवलोकनमा आएको टोलीले नयाँ पंक्षी प्रजाति फेला पारिएको विषय आफूहरूको जानकारीमा आएको बताउँदै सो को पुष्टि समेत कार्यालयले गरिसकेको बताए ।
सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको वासस्थानका लागि उपयुक्त रहँदै आएकोे उनले बताए ।
Tags: #कोशीटप्पु#भिजिट नेपाल#सुनसरी