Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

आर्थिक कारोवार विवादमा मुछिए , नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 12, 2020
0
1 min read
in मुख्य समाचार, राजनीति, राष्ट्रिय
0
सेयर
27
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
आर्थिक कारोवार विवादमा मुछिए , नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ

शनिबार ,२७ मङ्सिर ,२०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ आर्थिक कारोवार विवादमा मुछिएका छन् । उनीमाथि कम्युनिष्ट नेता कमानसिह लामाको पैसा खाएको आरोप लागेको छ ।

कोभिड १९ का कारण विहीबार निधन भएका लामाले मृत्युको सात दिनअघि नाम नलेखी सोही प्रकारको स्टाटस लेखेका थिए । पछि नारायणकाजीसँगको अडियो रेकर्डसमेत सार्वजनिक भएको हो । अहिलेसम्म खासै कुनै विवादमा नफँसेका श्रेष्ठको यो काण्डसँगै उनलाई कारवाहीको माग गरिएको छ ।

श्रेष्ठका स्वकीय सचिव सुसन कर्माचार्य र कमानसिंहकी कान्छी श्रीमती इन्द्रमायाबीचमा ८ करोड रूपैयाँबराबरको कारोबार भएको अडियोबाट बुझिन्छ । जसमध्ये कमानसिंह लामाले बैंकबाट झिकेर २ करोड ५० लाख दिइसकेको र बाँकी २ करोडमा कुरा नमिलेको देखिन्छ ।

‘सुसनले लिएको साढे २ करोड रूपैयाँ मेरो हो, मैले बैंकबाट निकालेर दिएको हुँ, त्यो पैसा तपाईँले चलाउने अनि ब्याज चाँहि मैले तिरिरहने ?’ सिंहले श्रेष्ठसँग प्रश्न गरेका छन् । श्रेष्ठले सेयरको ७० प्रतिशत रकम सुसनलाई प्रयोग गर्न दिनु भन्दै नेता लामासँग आग्रह गरेका छन् । तर लामाले भने त्यो पैसा जसरी पनि दिनुपर्ने भन्दै अडान कसेका छन् ।

मिति नखुलाइए पनि श्रेष्ठ र लामाबीच करोडौंको आर्थिक कारोबार भएको पुष्टि गर्छ । सो रकम लिएपछि सुसनले लामाकी कान्छी श्रीमती इन्द्रमायालाई युरोप भ्रमणसमेत गराएको पारिवारिक निकट स्रोतले जानकारी दिएको छ ।

लामाको आज निधन भयो तर उनले ३ दिन अघि लेखेका थिए, ‘प्रिय, मेरी प्रिय, हाम्रो प्रेम बर्मुडा ट्रयाङ्गलमा फस्यो ।’ यसो भन्दै सम्पत्ति सकिएको र श्रीमतीले धोका दिएको संकेत उनले गरेका छन् ।

लामाको स्टाटस :

आमा नामनै कति मोहक शब्द “आमा ” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा”
प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाड०गलमा फसेकोछ !!! तीमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!
प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका होर्दिड०बोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !!
ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ !!! सोह्रखुट्टे पार्टिको भित्तामा गाइको गोवरले डलर टांसेर झिली मिली बनाएछ !!! हांडिमा खिचडि बसाएर दूइ बुढाबुढि गीत गाएर नाचिबसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ !!! यहि केशले हांडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !!!
हाम्रा माहान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र वीचार पनि मैले देखिन !!! थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु !!!

प्रीय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय !!
१. मेरो DIGNITY स्वाभिमानको ट्य्राड०गल
२. चल अचल भौतिक सम्पती प्रतिको तिम्रो आसक्ती
३. हाम्रो वीचको सामाजीक सम्बन्ध , स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु !!!

यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्य्राड०गल !!!

याद गर प्रीय मैले तिमीलाई सबै कुरो सम्पती सम्म सुम्पें तर मेरो स्वाभिमान प्रति खेलवाड गर्ने छुट दिईएको छैन !!! धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहि छ !!!

बरमुडा ट्य्राड०गल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन !!!
तर
यसको बनावट भूमध्य रेखा काल्पनीक लाइन संगै भएको हो
जब प्रथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो !!
हामी बसेको भू भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो !!!
त्यसबखत ठुला ठुला भौगोलिक उथल पुथल भइरहन्थे !!! एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो !!! ३ मिटर उत्तर सर्यो !!! प्रथ्वी बीचमा उसिनेको अण्डा वीचमा फ़ुटाएको जस्तो फुट्यो !!
प्रथ्वी दुइ भागमा बांडियो !!
उत्तरी गोलार्द पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड !!!
यहि घटनामा भूमध्य रेखिय क्षत्रमा बर्मुडा ट्रयाड०गल बन्यो !!! त्यो आजपर्यन्त अभेद्य छ !!!
त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाड०गलमा फसेका छौं !!!

प्रीय ,
तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरानै रहने भए !!!
राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइ हाले !!!
के कुरा गर्ने !!!
तिमी मदुइ मिली यो प्रथ्वी फनक्क एक फन्को लगाउने. विस्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने !!!
माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने !!! गोन्जालोको देश हेर्ने !!! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं ! त्यो तिमीले भांडी दियौ !!!

मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेवाट रस्वास्वदन हमीदुइ साथै गर्ने सपना अधुरै रहने भयो !!!

ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने !!!
उलान बटोर र ऐतिहासीक गोवि मरुभूमीमा उंट चढने सपना अधुरै रहने भयो !!!

मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रक्रितीको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिड०म्यान, लान्तीयान म्यान , वुसानम्यान ले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्यन गरी हाम्रो ठुंसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्य यन गर्ने !!!
दोड० सिड०दान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधि संगै पढने ईच्छा अधुरै रहने भयो !!!

हाम्रो सास्त्रले भनेको वुइसाड०, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्यनभ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्०यो !!!
प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने म्रित्यु शैयाबाट भन्थे होला तर म भन्दिन !!! कोबिटसंग पैंठे जोडि खेल्दैछु !!! सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि !!! तर म आत्तिन्न !!!

यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्नेत यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ?
यो जीवनको जीवन मरणको लडाईको वेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु !!! बांकी जीवन मोजगर !!! मैले पुरा गर्म नसकेको अधुरा काम अरुसंगै पुरा गर !!! आठै आस्वर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइ सकेकोछु तिमीलाई सक्षम पनि छौ !!! लौ बधाई प्रीय
२८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै शुखदनै रह्यो !!! यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएं !!!
मेरो सेयरको करीब दूइ बर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो !!! उस्ले पैसा नदिए सिधै म संग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !!!
प्रीय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय !!!
कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!

0
सेयर
27
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

क्याम्पस प्रशासनको गम्भीर लापरबाहीले परीक्षा केन्द्र तोडियो

अर्को समाचार

मखमली साकोस निरन्तर नाफामा

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन
मुख्य समाचार

कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन

मेरो मेचीनगर डेस्क
February 26, 2021
हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै
पर्यटन / भ्रमण

हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै

मेरो मेचीनगर डेस्क
February 26, 2021
‘प्रधानमन्त्रीले नेकपाको एक समूह बाहेक अन्य दलसँग मिलेर सरकार बनाउनुहुन्छ’
राजनीति

‘प्रधानमन्त्रीले नेकपाको एक समूह बाहेक अन्य दलसँग मिलेर सरकार बनाउनुहुन्छ’

मेरो मेचीनगर डेस्क
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)

अर्को समाचार
मखमली  साकोस निरन्तर नाफामा

मखमली साकोस निरन्तर नाफामा

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz