प्रदेश १ मा २ लाख बढीको कोरोना जाँच २८ हजार बढी रिपोर्ट पोजेटिभ

आइतबार , २८ मङ्सिर , २०७७

विराटनगर । प्रदेश १ मा दुई लाख बढीको कोरोना जाँच गर्दा २८ हजार बढीको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार २ लाख एकसय ७८ जनाको पिसिआर जाँच गर्दा २८ हजार ८१२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेशमा १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिलाको पिसिआर जाँच गरेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोवेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्युरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

५८ थपिए सङ्क्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना सङ्क्रमित थपिएका छन् । ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरङका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा आज ४५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १०, बेलबारी आईसोलेसनबाट ४, विराट सामुदायिक भवन आईसोलेसनबाट ३, न्युरो अस्पताल र झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट २–२ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ५८२ पुगेको मन्त्रालयल जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.