प्रदेश १ मा २ लाख बढीको कोरोना जाँच २८ हजार बढी रिपोर्ट पोजेटिभ

आइतबार , २८ मङ्सिर , २०७७

विराटनगर । प्रदेश १ मा दुई लाख बढीको कोरोना जाँच गर्दा २८ हजार बढीको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार २ लाख एकसय ७८ जनाको पिसिआर जाँच गर्दा २८ हजार ८१२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेशमा १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिलाको पिसिआर जाँच गरेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोवेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्युरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

५८ थपिए सङ्क्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना सङ्क्रमित थपिएका छन् । ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०–२०, मोरङका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २–२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा आज ४५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १०, बेलबारी आईसोलेसनबाट ४, विराट सामुदायिक भवन आईसोलेसनबाट ३, न्युरो अस्पताल र झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रबाट २–२ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ५८२ पुगेको मन्त्रालयल जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.