४ असार, काठमाडौँ : द हिडन ट्रेजरद्वारा आयाेजित यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले पाएकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालिमा उनले उपाधि जितेकी हुन।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।
विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो।
नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए। कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो।
विजेता लाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइ दिएकी थिइन।