झापा , ९ पुस | झापा मेचीनगर-९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने परशुराम गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणका लिएको छ ।
पुस ३ गते गौतम आफ्नै घरको आगनमा मृत अवस्थामा परेका थिए । घटना शंकाष्पद रहेको भन्दैं काँकरभिट्टा र धुलावारी प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान थालेको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार पुस ७ गते सोहि ठाउँका ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय भयंकर किसानलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल नेतृत्वको प्रहरी टोलीले बुधलाललाई उनकै घरबाट पक्राउ गरिएको हो भने भयंकरलाई नेपाल भारतको सीमाक्षेत्रबाट पक्राउ गरिएको स्रोतले बताएको ।
प्रारम्भिक वयानका क्रममा दुवैले घटनामा आफ्नो संलग्नता रहेको बताएका छन् । सवैले मादक पदार्थ सेवनगरेको र त्यही क्रममा सामान्य विवाद हुदाँ घटना हुन पुगेको स्रोतको बयान छ । मृतक गौतमको टाउकोमा चोट पटक रहेको बताइएको छ ।
प्रहरीले भने घटनाका बारेमा आज विहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ । एकजना प्रहरी अनुसन्धान अधिकृतले भने—‘घटना भएको हो तर, पक्राउ परेका व्यक्ति हामी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छौ ।’