Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

नयाँ सरकारको प्रधानमन्त्री बन्न तिब्र प्रतिस्पर्धा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 4, 2022
  • 3:35 PM
  • No Comments
भित्र मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
नयाँ सरकारको प्रधानमन्त्री बन्न तिब्र प्रतिस्पर्धा

१८ मंसिर, काठमाडौँ : सार्वजनिक भएको मत परिणामले कुनै पनि पार्टीलाई स्पष्ट बहुमत प्राप्त भएको छैन । यही कारण यतिबेला नेपालका अबको सरकार कसको नेतृत्वमा बन्ने हो ? प्रधानमन्त्री को बन्ने हो ? कुन–कुन पार्टी मिलेर सरकार बनाउने हुन् ? भन्ने कुराको चर्चा चलिरहेको छ ।

मतगणनाको ताजा परिणाम अनुसार अहिले नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको छ । कांग्रेसले प्रत्यक्षतर्फ नै ५७ सिटमा जीत हासिल गरेको छ । दोस्रो स्थानमा रहेको केपी ओली नेतृत्वको नेकपा एमालेलेको खातामा ४४ सिट छ ।

यद्यपि, कुनै पनि पार्टीले स्पष्ट बहुमतका लागि १३८ सिटमा विजयी हासिल हुनुपर्छ, यसपटकको निर्वाचनमा यो स्थितिमा कुन पनि पार्टी पुग्न असमर्थ रहे ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सिटको चुनाव प्रत्यक्ष मतदानबाट हुन्छ । बा“की १ सय १० सिट भने समानुपातिक निर्वाचन प्रणालीबाट चुनिन्छ । हालसम्म प्रत्यक्ष मतदानतर्फ १६५ मध्ये १ सय ६४ सिटको नतिजा आइसकेको छ । अब एउटा सिटको मात्र नतिजा आउन बाँकी छ ।

यो हिसाबले पनि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो पार्टीको रुपमा अगाडि आएको छ । यद्यपि, अब कांग्रेसले पनि बहुमतको सरकार बनाउनका लागि अन्य दलको सहयोग लिनु पर्ने भएको छ ।

त्यसो त अहिले नेपाली काँग्रेस पार्टी भित्रै प्रधानमन्त्री को भन्ने बारेमा ठूलो आन्तरिक विवाद रहेको पाइएको छ । कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले यसअघि नै सबै सिटहरु निर्धारण भएपछि मात्र संसदीय दलको नेताको चुनाव हुने बताइसकेका छन् ।

अहिले नेपाली कांग्रेसमा प्रधानमन्त्रीको दौडमा शेरबहादुर देउवा नै सबैभन्दा अगाडि भएको दावी गरिन्छ । यद्यपि, रामचन्द्र पौडेल, गगन थापा, सशांक कोइराला आदि पनि प्रधानमन्त्रीको पदको आकांक्षी भएको उनीहरु पछिल्ला अभिव्यक्तिहरुले पुष्टि गरिसकेको छ ।

प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले बढी सिटमा जिते पनि लोकप्रिय मततर्फ भने नेकपा एमाले अगाडि छ । समानुपातिकतर्फ एमालेले अहिलेसम्म २७ लाख ८८ हजार ३ सय ५६ मत पाएको छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ मत पाएर दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ६२ हजार १ सय २४ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३ मत ल्याएर चौथो स्थानमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६ सय ३८ मत ल्याएर पाँचौं स्थानमा रहेको छ ।

समानुपातिक मतको आधारमा निर्वाचन आयोगबाट सात वटा पार्टीलाई राष्ट्रिय दलको मान्यता पाउने छन् । माथि उल्लेखितबाहेक जनता समाजवादी पार्टी, नेपाल तथा जनमत पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । यसअघिको निर्वाचनमा भने छ वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका थिए ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएको बताइन्छ । भनिन्छ, कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएका हुन् ।

केहीअघि नेता सिंह ओलीसंग वधाइ साटासाट गर्न बालकोट पुगेका थिए । त्यही बेला ओलीले दिएको सत्ता साझेदारको सन्देशलाई सिंहले प्रधानमन्त्री देउवासमक्ष पुयाएको बताइन्छ । ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठन गर्ने प्रस्ताव राखेका हुन् । यद्यपि, प्रधानमन्त्री देउवाले भने वर्तमान सत्ता गठबन्धनलाई नै पहिलो प्राथमिकतामा राखेका छन् ।

सत्ता गठबन्धनमा रहेका पाँच दलहरुले मंसिर ४ को निर्वाचनबाट कम्तिमा १३४ सिट पाउने निश्चित छ । पछिल्लो समय प्रधानमन्त्री देउवाले जनमत पार्टीलाई साथमा लिएर १४० सिटसहित नयाँ सरकार बनाउने तयारी गरिरहेका छन् । केही दिनअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन आफू तयार भएको बताइसकेका छन् । (कलाकर्मी)

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
मन्त्री थापाको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा

प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In