Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

फागुन १४ मै स्ववियु निर्वाचन गर्न प्रधानमन्त्रीको निर्देशन, तयारीमा जुट्यो त्रिवि

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 12, 2022
  • 8:05 PM
  • No Comments
भित्र मुख्य समाचार, राजनीति, राष्ट्रिय, शिक्षा
188 1
A A
Share on FacebookShare on Twitter
फागुन १४ मै स्ववियु निर्वाचन गर्न प्रधानमन्त्रीको निर्देशन, तयारीमा जुट्यो त्रिवि

२६ मंसिर, काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएका छन्। लामो समयदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन गराउने तयारीमा त्रिवि पनि जुटेको छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आगामी फागुन १४ गते नै निर्वाचन गराउने गरी त्रिवि लागिपरेको जानकारी दिए। ‘फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने तयारी छ, प्रधानमन्त्रीज्यूले पनि तयारी गराउनु भनिसक्नु भएको छ,’ उनले  भने।

उनले यसैअनुसार सबै क्याम्पसलाई तयारी गर्न जानकारी गराइसकेको बताए। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। त्रिवि क्याम्पसमा १४ वर्ष अर्थात २०६५ सालयता नियमित तवरबाट स्ववियु निर्वाचन हुन सकेको छैन।

त्रिविले ०६५ सालअघिसम्म शैक्षिक क्यालेन्डरमा प्रत्येक २/२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो। विसं २०६५ चैत ६ गतेपछि एकैपल्ट ८ वर्षमा विसं २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो।

त्यतिवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्न राज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा ९ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

के भन्छन् विद्यार्थी संगठनका नेता ?

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिविले समयमा स्ववियु निर्वाचन गर्नुपर्ने र आफूहरू तयारीमा रहेको बताए।

उनले भने, ‘यही फागुनमै स्ववियु निर्वाचन गर्ने तयारीमा हामी छौँ, हाम्रो संगठन र पार्टीका नेता पनि सकारात्मक छन्, त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार छौँ।’

नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले तोकिएकै मितिमा स्ववियु निर्वाचन गराउन माग गरेको छ। चुनाव गराउन माग गर्दै सोमबार त्रिविको उपकुलपतिलाई ज्ञापनपत्रसमेत बुझाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले पनि निर्वाचन गर्न संगठन तयार भएको बताइन्। त्रिविले फागुनमै स्ववियु निर्वाचन गराउनुपर्ने उनको माग छ।

ही दिनअघि नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुली, नेविसंघका अध्यक्ष शेर्पा लगायतसँग उनीहरूले यस विषयमा छलफल गरेका थिए।

नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पराजुलीले स्ववियु निर्वाचनको लागि त्रिविमा आमरण अनशनसमेत बसिसकेको बताए।

‘त्रिविले अब समयमै निर्वाचन गराउनु पर्छ, हामी आतुर छौँ,’ उनले भने। समयमा स्ववियु निर्वाचन नगरी त्रिविबाटै सक्षम विद्यार्थी विस्थापित गर्ने खेल भएको उनको आरोपसमेत छ।

निर्वाचन हुँदा के फाइदा, नहुँदा के घाटा ?

विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था हो- स्ववियु। क्याम्पस कलेजका लागि आमनिर्वाचन जतिकै महत्व स्ववियु निर्वाचनको हुन्छ। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक-अधिकारको पक्षमा काम गर्छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारी स्ववियु निर्वाचनको धेरै महत्व रहेको बताउँछन्। उनले भने, ‘स्ववियु निर्वाचन गराउँदा विद्यार्थीहरूको हकहितका लागि आवाज बुलन्द हुन्छ, सत्तामा पुग्न नीति नियमसम्म पहुँच पुग्छ।’

उनले स्ववियु निर्वाचनबाट चुनिएका नेतृत्वले विश्वविद्यालय, क्याम्पस र विद्यालयमा भएको अराजकता, बेथितिको सुधार तथा खबरदारी गर्ने बताए।

‘यसले विद्यालयमा भएका गतिविधि हेर्ने, नेतृत्व विकास गर्ने काम गर्छ,’ उनले भने‚ ‘तर समयमा निर्वाचन नहुँदा विद्यार्थीले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनन्।’

नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता गोविन्द कोइराला डेमोक्रेसीको अभ्यास गर्ने सर्वोत्तम उपाय भनेको स्ववियु निर्वाचन रहेको बताउँछन्। निर्वाचन गर्न ढिलाइ गर्न नहुने बताउँदै उनी भन्छन्, ‘स्ववियु निर्वाचनमा सबै दलको प्रतिनिधित्व हुन्छ, आफ्नो धारणाअनुसार चुनाव लड्ने हो। यो देशको सरकारजस्तै हो।’

उनका अनुसार सरकार नहुँदा देशमा संक्रमणकाल हुने भएजस्तै यतिखेर क्याम्पसमा पनि स्ववियु नहुँदा संकटकालको अवस्था छ। विद्यार्थीहरूमा भएको रचनात्मक क्रियाकलाप त्यसै खेर गइरहेको छ।

उनी भन्छन्, ‘विद्यार्थी युनियनबाट प्रतिनिधित्व गरेर जितेर जानेहरूले कलेजमा रहेका समस्या पहिचान र समाधान गर्ने हो, नेतृत्वले गुणस्तरीय शिक्षाका लागि पनि पहल गर्छ।’

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल मंसिर २७ गते मंगलबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In