Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 2, 2021
0
in मुख्य समाचार, राष्ट्रिय, स्वास्थ्य / जीवन शैली
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ। भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो। उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो। अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताए।

गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनुपरेको थियो। अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दङ्ग देखिएका छन्। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले अस्पताल सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अवस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको चर्चा गरे।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुइले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाइमा पुर्‍याउन अस्पतालको सिङ्गो परिवार लाग्नुपर्नेमा जोड दिए।स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा रोशन न्यौपानेले भक्तपुर अस्पताल भक्तपुरवासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताए।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण राख्दै अस्पतालको पहिले र अहिलेको अवस्थाबारे सचित्र अवगत गराए। गरे सम्भव हुने आफ्नो अनुभव साट्दै उनले सम्पूर्ण स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले भक्तपुर अस्पतालको गत वर्षको अङ्कले निरास बने पनि यस वर्षको प्रगतीले सबैलाई हर्षित बनाएको भन्दै यसलाई कायम राख्नु र थप प्रगति गर्नु अस्पतालको लागि चुनौती थपिएको बताए।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री, धादिङ अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झा, जनस्वास्थ्य निरीक्षक रेवती थापा, एनएसआइका कार्यक्रम अधिकृत सुशील बस्नेत, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलगायतको सहभागिता रहेको थियो।भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतमको सक्रियता र उनको अस्पताल सञ्चालन तथा विकास समितिको नेतृत्व गरिरहेका मिलन सुवालसँगको तालमेलसँगै भक्तपुर अस्पतालले स्थापना र सञ्चालनको इतिहासमै ठूलो विकास गरेको हो।

अस्पताल सञ्चालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसियु सेवा दिन समेत सफल भएको छ। आधा दर्जन भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै दुई दर्जन बेडसहित अस्पतालले एचसियु सञ्चालन गरेको छ। भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत सुरु भएको छ। यसअघि रिफर सेन्टरको रुपमा रहेको अस्पताल अहिले बिरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ।

यसअघि भक्तपुर अस्पताल वाग्मती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको थियो। गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनोट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो।रासस

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

राजमार्ग छिचोल्दै गरेको बाघलाई कारले दियो ठक्कर

अर्को समाचार

नेकपा ओली समूहले आज ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन
मुख्य समाचार

कांग्रेसको निष्कर्ष : नेकपा विभाजित भएकै छैन

मेरो मेचीनगर डेस्क
February 26, 2021
हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै
पर्यटन / भ्रमण

हरियाे वन जाेगाए बापत नेपालले पाँच अर्ब पाउदै

मेरो मेचीनगर डेस्क
February 26, 2021
‘प्रधानमन्त्रीले नेकपाको एक समूह बाहेक अन्य दलसँग मिलेर सरकार बनाउनुहुन्छ’
राजनीति

‘प्रधानमन्त्रीले नेकपाको एक समूह बाहेक अन्य दलसँग मिलेर सरकार बनाउनुहुन्छ’

मेरो मेचीनगर डेस्क
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)

अर्को समाचार
नेपाललाई २०२२ भित्र मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गरिने : प्रधानमन्त्री ओली

नेकपा ओली समूहले आज ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz