Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

मन्त्रालय नफुटाउने सत्तारुढ गठबन्धनमा सहमति

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 4, 2023
  • 9:29 PM
  • No Comments
भित्र मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
मन्त्रालय नफुटाउने सत्तारुढ गठबन्धनमा सहमति

२० पौंष, काठमाडौँ : चौतर्फी आलोचना भएपछि सत्तारुढ गठबन्धनले मन्त्रालय नटुक्र्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय नटुक्य्राउने सहमति गरेको हो ।

‘आजको बैठकमा मन्त्रालय नटुक्र्याउने सहमति भएको छ,’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भाग पुर्‍याउनका लागि २२ वटा मन्त्रालयबाट विभाजन गरेर २५ वटा पुर्‍याउने तयारी भएको थियो । सो तयारीको विभिन्न क्षेत्रबाट आलोचना भएको थियो ।

संसदीय समितिले प्रशासनिक खर्च घटाउन मन्त्रालय १५ वटामा सीमित पार्न सिफारिस गरेको दुई महिनामै मन्त्रालय फुटाएर २५ वटा पुर्‍याउन लागिएको थियो । मन्त्रालयको संख्या अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ छ । २०७४ को आम निर्वाचनपछि कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालयको संख्या १८ मा सीमित गरिएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक महिनामै मन्त्रालय २२ वटा पुर्‍याएका थिए ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा नेतृत्वको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष संसदीय समितिले सातै प्रदेश र स्थानीय तहसम्म समेत पुगेर दलका नेता, उच्च पदस्थ व्यक्ति र नागरिक समाजसँग छलफल गरी १७ कात्तिकमा बुझाएको प्रतिवेदनमा मन्त्रालय अधिकतम संघमा १५ र प्रदेशमा ५ देखि ११ भए पर्याप्त हुने उल्लेख छ । त्यसअघि गठन भएका यस्ता समिति र आयोगले पनि मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च कम गर्न सुझाव दिँदै आएका थिए ।

दाहालको नेतृत्वमा सरकार बनेपछि युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाउने कसरत सुरु भएको हो  । ०७४ को चुनावअघि संघमा मन्त्रालयको संख्या ३१ वटा थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भागबन्डा मिलाउन पटक–पटक विस्तार गर्दै मन्त्रिपरिषद्लाई ६४ सदस्यीय बनाएका थिए, जुन अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हो ।

नयाँ संविधानअनुरूप आमनिर्वाचन भएपछि भने मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन मिल्दैन । संविधानले नै राज्यमन्त्रीसहित अधिकतम २५ जनाको मन्त्रिपरिषद् हुनुपर्ने सीमा तोकिदिएको छ ।

साझा न्यूनमत कार्यक्रम

गठबन्धनको बैठकमा बिहीबार साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रुप दिने सहमति भएको छ । ‘विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको मस्यौदा समितिले भोलिसम्मको समय माग गरेको छ । समितिको प्रतिवेदन उच्चस्तरीय संयन्त्रमा आएपछि छलफल गरेर अन्तिम रुपमा दिने छौं,’ लिङ्देनले भने, ‘साझा न्यूनतम कार्यक्रममा सहमति भएपछि मन्त्रिपरिषद् विस्तारसहितको कार्यक्रमहरु चाँडै अघि बढ्छ ।’

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको मस्यौदा तयारी समितिले तयार पारेको कार्यक्रममाथि बिहीबार छलफल हुन लागेको हो । समितिमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राप्रपा महामन्त्री धवलशमशेर जबरा, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकालसहितका नेताहरु रहेका छन् ।

अध्यक्ष लिङ्देनले कार्यक्रममा सहमति भए विश्वासको मत लिनुअघि नै मन्त्रिपरिषद् विस्तार गर्न हुनसक्ने बताए । ‘साझा न्यूनतम कार्यक्रममा सहमति भएपछि अन्य विषयमा रोकिन आवश्यक छैन,’ लिङ्देनले भने ।

प्रधानमन्त्री दाहालले पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा ७६ (२) बमोजिम सात वटा राजनीतिक दलको समर्थन प्राप्त गरेका माओवादी केन्द्र अध्यक्ष दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसरी प्रधानमन्त्री बनेका दाहालले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री दाहालसहित ८ जना मन्त्रीहरुले पुस ११ गते शपथग्रहण गरेका थिए । जसमा ३ जना उपप्रधानमन्त्री रहेका छन् ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023
निर्वाचन आयोगद्वारा रवि लामिछानेलाई नागरिकता प्रकरण बारेमा सोध्यो स्पष्टिकरण
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बोलाइयो, रविलाई फेरि सभापति बनाउने तयारी

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल पौंष २१ गते बिहीबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In