राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

२४ माघ, काठमाडौँ : नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट उपाध्यक्ष अर्यालको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष अर्याललाई शपथ गराउनुभएको हो ।

शपथ लगत्तै संसद् सचिवालयमा उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.