२७ फागुन, काठमाडौँ : सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्ने तय भएको छ ।
बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।