Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • March 11, 2023
  • 8:13 AM
  • No Comments
भित्र मुख्य समाचार, राजनीति, राष्ट्रिय, शिक्षा
196 2
A A
Share on FacebookShare on Twitter
चैत ५ गते स्ववियू निर्वाचन

२७ फागुन, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि समितिले शनिबार ११ देखि २ बजेसम्म नामावली दर्ताको समय छुट्याएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । शनिबार नै प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसबाहेक सामुदायिक र निजी क्याम्पसमा पनि स्ववियु चुनाव गराउन त्रिविले सर्कुलर गरेको छ । त्रिविअन्तर्गत ५ सय २३ सामुदायिक र ५ सय १७ निजी क्याम्पस छन् । सामुदायिक क्याम्पसले स्ववियु पदाधिकारी चयन गरेपछि मात्रै त्रिविलाई जानकारी गराउने व्यवस्था छ । अधिकांश सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुने गर्छ । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी अध्ययन गर्छन् ।

निर्वाचनका लागि एउटै क्याम्पसमा २४ वटासम्म विद्यार्थी संघ संगठन र समूह दर्ता भएका छन् । हरेक क्याम्पसमा कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नभएका विद्यार्थीको समूह दर्ता भएको क्याम्पस निर्वाचन समितिले जनाएका छन् ।

अधिकांश क्याम्पसमा विद्यार्थीले गैरदलीय समूह बनाएर संगठन दर्ता गराएका हुन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरी निर्वाचन लड्न पाउने व्यवस्था गरिएको अधिकारीले जनाए । यसबाहेक विद्यार्थीले प्रत्यक्षतर्फ उम्मेदवारी दिएर स्वतन्त्र रूपमा पनि चुनाव लड्न पाउनेछन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले निर्वाचन हुने देशैभरिका क्याम्पसमा उम्मेदवारी दिने गरी तयारी पूरा गरेको जनाए । ‘सत्तारूढ विद्यार्थीबीच तालमेल गरेर चुनावमा जाने सहमति भएको छ, त्यहीअनुसार नेविसंघले भाग लिन्छ,’ उनले भने । नेविसंघमा स्ववियु निर्वाचन तयारीका क्रममा गुटबन्दी चर्केको छ । शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले छुट्टाछुट्टै भेला गरेका छन् । त्रिवि कीर्तिपुरमा फागुन १८ मा दुई पक्षबीच झडप हुँदा नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमाल र कार्यकर्ता हरि आचार्यलगायत घाइते भएका थिए । अध्यक्ष शेर्पाले खटाएका केन्द्रीय प्रतिनिधिलाई अर्को समूहले अवरोध गर्दा झडप भएको थियो ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले त्रिविले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सबै क्याम्पसमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए । ‘जिल्लाबाट रिपोर्टहरू आइरहेका छन्, कति वटा क्याम्पसमा उम्मेदवारी दिन्छौं भन्ने टुंगो लागेको छैन, तथ्यांक लिँदै छौं,’ उनले भने, ‘अनेरास्ववियु उत्साहका साथ स्ववियु निर्वाचनमा सहभागी हुँदै छ ।’

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले करिब ५ सय क्याम्पसको स्ववियु निर्वाचनमा भाग लिने तयारीमा रहेको जानकारी दिइन् । सत्तारूढ विद्यार्थी संगठनबीच तालमेल गरेर निर्वाचन लड्ने सझमदारी भएको उनले बताइन् । नेविसंघ, अखिल क्रान्तिकारीलगायत सत्ता साझेदार दलका विद्यार्थी संगठनबीच तालमेल हुने भएको हो । विद्यार्थी संघ संगठनले त्रिविसँग पटक–पटक स्ववियु निर्वाचनको माग राख्दै आएका थिए ।

झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै ती विद्यार्थीको मताधिकार बदरको माग राख्दै निर्वाचनमा भाग नलिने र निर्वाचन हुन पनि नदिने अनेरास्ववियुले जनाएको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियु(एस)ले आफूहरुलाई दल दर्ता गर्न नदिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेको छ ।

फागुन २८ मा उम्मेदवारको नामावलीमाथि दाबी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने समय तालिका तोकिएको छ । फागुन २९ गते (सोमबार) उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली सार्वजनिक गरेर प्रचारप्रसारको समय सुरु हुनेछ ।

चैत २ गते राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइन्छ । पठनपाठनलगायत शैक्षिक गतिविधिमा असर नपरोस् भनेर चार दिन मात्रै प्रचारप्रसारको अवधि तोकिएको त्रिविका पदाधिकारीले बताए । निर्देशिकाले प्रचारप्रसार गर्न मापदण्डसमेत तोकेको छ । माइकिङ, भित्ते लेखन, तुल–ब्यानरलाई आचारसंहिताले प्रतिबन्ध लगाएको छ । कुनै कारणवश तोकिएको मिति (चैत ५) मा निर्वाचन गराउन नसक्ने क्याम्पसले निर्वाचन अधिकृतको सिफारिसमा ३० दिनभित्र मिति तोकी निर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

क्याम्पसमा अध्ययरत विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमितिको संख्या यकिन हुने व्यवस्था छ । प्रत्येक क्याम्प्समा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । २ सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५, तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । मतदाता नामावलीअनुसार विगतको तुलनामा क्याम्पसहरूमा विद्यार्थी संख्या घटेको छ ।

२०१८ सालदेखि त्रिविमा स्ववियुको सुरुवात भएको थियो । २०३६ सालदेखि दुई/दुई वर्षमा सञ्चालन हुँदै आएको निर्वाचन २०७३ देखि नियमित हुन सकेको छैन ।

इकान्तिपुरको सहयोगमा

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै ३ जना

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै ३ जना

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In