काठमाडौँ : नेपाली रियालिटी शो ‘द पोयट आइडल’ को उपाधि भारत सिक्किमकी निलम गुरुङले जितेकी छन् ।
शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् ।
विजेता गुरुङले उपाधि जितेसँगै १० लाख रुपैयाँ हात पारेकी छन् । ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविवबीच प्रतिस्पर्धा भएको थियो ।