Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

३० देखि ४४ वर्षका २५ प्रतिशत नेपालीमा उच्च रक्तचापसम्बन्धी समस्या

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • May 18, 2023
  • 7:30 AM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय, स्वास्थ्य / जीवन शैली
188 1
A A
Share on FacebookShare on Twitter
३० देखि ४४ वर्षका २५ प्रतिशत नेपालीमा उच्च रक्तचापसम्बन्धी समस्या

४ जेठ, काठमाडौँ : खानपान बदलिँदो जीवनशैलीका कारण कम उमेरमा नै रक्तचापसम्बन्धी समस्या देखिनेहरू बढेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि ६९ वर्षका २४.५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको छ। यस्तै १५ देखि २९ वर्षका १३ प्रतिशत, ३० देखि ४४ वर्ष उमेर समूहका २५.६ प्रतिशत र ४५ देखि ६९ वर्ष उमेर समूहका ४२ प्रतिशत नेपाली उच्च रक्तचापको समस्यासँग जुधिरहेका छन्।

बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढेको बताइन्छ।

सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको थियो। सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन्। नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ। शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ।

यो रोगका कारण धेरै जनाको हृदयाघात र मस्तिष्काघात भएर आकस्मिक मृत्यु भइराखेको छ। यो रोगको समयमै उपचार गरे हृदयाघात र मस्तिष्काघात भई हुने आकस्मिक मृत्युबाट धेरैलाई बचाउन सकिन्छ। कसैमा त यसको कारण नै भेटिँदैन। तथ्यांकमा हेर्दा ८० देखि ९० प्रतिशतमा यसको कुनै पनि कारण भेटिँदैन।

नेपाल मात्रै होइन विश्वभर र डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रमा हृदयाघात रोगबाट हुने मृत्युको एक मात्र प्रमुख कारण उच्च रक्तचाप हो। यस क्षेत्रका करिब आधा उच्च रक्तचाप भएका व्यक्तिहरू आफ्नो अवस्थाबारे अनभिज्ञ भएको बताइन्छ। यो समस्या पत्ता लगाउन र नियन्त्रण गर्न उच्च रक्तचाप सेवा बढाउनुपर्ने आवश्यकता छ।

तथ्यांकअनुसार ८० देखि ९० प्रतिशतमा यसको कुनै पनि कारण भेटिँदैन। तर यो रोगका कारण धेरै जनाको हृदयाघात र मस्तिष्काघात भएर आकस्मिक मृत्यु भइरहेको छ। यो रोगको समयमै उपचार गरे हृदयाघात र मस्तिष्कघात भई हुने आकस्मिक मृत्युबाट धेरैलाई बचाउन सकिन्छ।

डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहका अनुसार उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। किनभने धेरै मानिसलाई उनीहरूको समस्याको बारेमा थाहा हुँदैन जसको उपचार नगर्दा अपांगता हुने, जीवनको गुणस्तर कमजोर हुने वा घातक हृदयाघात वा ‘स्ट्रोक’सम्म पनि हुन सक्छ। उच्च रक्तचाप छ या छैन भनेर जान्नको एक मात्र तरिका रक्तचाप नियमित रूपमा जाँच गराउनु हो।

‘हाइपरटेन्सनलाई प्रायः ‘साइलेन्ट किलर’ भनिन्छ किनभने धेरै मानिस आफ्नो समस्याबारे अनभिज्ञ छन् जसको उपचार नगर्दा अपांगता, खराब जीवनस्तर वा घातक हृदयाघात वा स्ट्रोकसमेत हुन सक्छ। जान्ने एक मात्र तरिका रक्तचाप नियमित रूपमा जाँच गराउनु हो’, डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया निकालेको विज्ञप्तीमा निर्देशक सिंह भन्छिन्।

डब्लूएचओका अनुसार दक्षिण-पूर्वी एसिया क्षेत्रमा एक चौथाइ वयस्क जनसंख्या उच्च रक्तचापबाट ग्रस्त भए पनि तीनमध्ये एक जना मात्र उपचारमा छन भने दशमध्ये एक जनामा ​​मात्रै यो उच्च रक्तचाप नियन्त्रणमा छ।

यस्तै विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन्। यसका कारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।

यस क्षेत्रका सबै देशहरूले प्रतिदिन प्रतिव्यक्ति ५ ग्राम भन्दा कम नुन सेवन डब्लूएचओले सिफारिस गरेको छ। तीन देशहरूले उपभोक्ता सचेतनाको लागि फ्रन्ट-अफ-द-प्याक लेबलिङ लागू गर्दैछन्। खाद्यान्नमा ट्रान्स फ्याटलाई सीमित गर्ने कानुनद्वारा औद्योगिक रूपमा उत्पादित ट्रान्स फ्याटको नकारात्मक प्रभावबाट करिब १.६ अर्ब मानिस सुरक्षित छन्। जसले सुर्तीजन्य पदार्थ नियन्त्रण, नुनको कम प्रयोग, र उच्च रक्तचाप र मधुमेह कभरेज र नियन्त्रण गर्न काम गर्छ।

उच्च रक्तचापले मुटु, मस्तिष्क र मृगौला रोगहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँछ, र विश्वभर मृत्यु र रोगको शीर्ष कारणहरू मध्ये एक हो। यसलाई घरमा वा स्वास्थ्य केन्द्रमा रक्तचाप नाप्ने माध्यमबाट सजिलै पत्ता लगाउन सकिन्छ, र प्रायः कम लागतमा औषधिद्वारा प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उच्च रक्तचापसम्बन्धी समस्या देखिनुको प्रमुख कारण अस्वस्थकर खानपान र त्यसबाट हुने मोटोपन, निष्क्रिय जीवनशैली, धूमपान तथा अधिक मदिरा सेवन प्रमुख हुन्।

यी हुन उच्च रक्तचापका प्रमुख लक्षण

टाउको दुख्ने, रिंगटा लाग्ने।

थकान महसुस हुने।

एक्कासि नाकबाट रगत बग्ने।

वाकवाकी लाग्ने।

मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने।

यसरी बच्न सकिन्छ उच्च रक्तचापबाट

धूम्रपान र मदिरा सेवन नगर्ने।

हरिया सागसब्जी र फलफूल प्रशस्त खाने।

खानामा नुनको प्रयोग कम गर्ने।

रातो र धेरै बोसोयुक्त मासु कम खाने।

थाहाखबर

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023
ओलीलाई गगन थापाको जवाफ : मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो
मुख्य समाचार

कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन् -गगन थापा

June 2, 2023
कानून / अपराध

उपत्यका बाहिर जाने सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने

June 2, 2023
तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
कर्णाली प्रदेश

तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने

June 2, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ १९ गते शुक्रबार)

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री र सचिवबीच पोल खोलाखोल

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री र सचिवबीच पोल खोलाखोल

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In