काठमाडौँ । यस अघि पनि विभिन्न संगीतकर्मीहरुसँग विवादमा आइरहने विन्ध्यवासिनी म्युजिक प्रालिलाई फेरि अर्को आपद आइपरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । गायक प्रमोद खरेलले गत मंगलबार विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी र उनका श्रीमान् सुवास रेग्मी पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए । ‘कम्पनीमा पति सुवास र पत्नी लीना दुवैजना संग्लग्न हुनुहुन्छ । दुवै जनाविरुद्ध जाहेरी दर्ता भएको छ, पक्राउ पुर्जी जारी भएको छ,’ एसएसपी सिंहले भने,’सुवास अहिले स्याङ्जामा छन् । अब मुद्दाको अदालतले मुद्दाको फैसला गर्छ ।’