एमालेबाट गिरी, माओवादीबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै

२१ फागुन, काठमाडौ : माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् । कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको हो ।

एमालेबाट गिरी, माओवादीबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै
त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी पनि मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।

गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले यही ल्होछारमा टुँडिखेलमा तामाङ समुदायबाट एक जना मन्त्री बनाउने वाचासमेत गरेका थिए ।

इकान्तिपुरबाट

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.