११ चैत , मेचीनगर : होली वा फागु पर्व नेपालीले मनाउने विभिन्न पर्व मध्येको एक हो । यसवर्षको होलीपर्व शुरु भई सकेकोछ । तराई मधेश र पहाडमा एकदिन अघि र पछि यो पर्व मनाइन्छ । यसवर्ष चैत ११ अर्थात आज पहाडमा होली परेको छ भने १२ गते तराई मधेशमा होली बिदा परेको छ । यतिमात्र होइन तराई मधेश र पहाडका विभिन्न समुदाय अनि विभिन्न भेग र स्थानमा यो पर्व मनाउने तरीकामा पनि भिन्नता छ । जहाँ जस्ले र जहिले जसरी होली पर्व मनाएपनि यो पर्व समस्त नेपालीको साँझा राष्ट्रिय पर्व हो । रगं लगाई रमाइलो गर्ने चलन भने सबैतिर छ । विभिन्न रंग र लोला खेलेर उल्लासपूर्वक रुपमा यो पर्व मनाइने गरिएको छ ।
होलीको पौराणिक कथा अनुसार भगवानका अनन्य भक्त हिरण्यकश्यपु पुत्र प्रल्हादलाई मार्न होलिकालाई प्रयोग गरियो । हिरण्यकश्यपु पुत्र बहिनी होलिकाले प्रल्हादलाई उम्लिँर्दै गरेको तेलमा हाल्न खोजेपनि भगवान भक्त प्रल्हाद बाँच्न सफल भए । होलिकाको दहन भएको दिनलाई होली वर्ष र उत्सवका रुपमा मनाउन थालिएको हो भन्ने किवंदन्ती पनि छ । आसुरी शक्तिमाथि दैविशक्तिको विजय भएको दिन शक्तिको दुरपयोग गर्ने एवम् पापी प्रवृत्तिकी प्रतिक होलिका मारिएको उपलक्ष्यमा खुशयाली मनाईने दिनको स्मरणगर्दै मिथिलामा होली पर्वकै रुपमा मनाउँने गरिन्छ । ऋतुहरुका राजा मानिने वसन्तको स्वागतमा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मैत्री एवम् सदभावपूर्वक रंग र अबिर छयापेर होली खेल्ने परम्परा हो ।
यो पर्व मनोरञ्जक भएपनि मूलतः यो धार्मिक र साँस्कृतिक चाड हो । राजधानीमा होली काठमाडौंको बसन्तपुर दरवारको दक्षिण भागमा शुभ साइतमा ध्वजापताका सहितको चीर ठड्याएपछि आरम्भ भई फागु पूर्णिमाको दिन उक्त चीर विधिपूर्वक ढालेसँगै समाप्त हुने बताउँछनुहुन्छ, होलीलाई नजीकबाट हेरीरहनु भएका मैथिली समाजका अगुवा लक्ष्यन्द्रप्रसाद यादव । उहाँका अनुसार होलीमा डम्फा, हारमोनियम झ्याली मृदङ्सहितको बाद्यबाधन बजाउँर्दै होरी गीत गाउँने चलन भएपनि भोजपुरी गीत संगीतमा होलीको दिन झुम्नेहरु थपिदैंछन् । विशेष गरी तराई मधेशतिर जोगिरा सररर मुख्यः गीत गाएर ढोलक, ताल, मृदंग, नगरा बजाएर नाचगान गरी गाउँ टोल छिमेक र आफ्न्तबीच अविर र रंग खेली मनाइने होली पर्व हाल आधुनिक गीत संगीतमा सीमित हुन थालेको बताउँनुहुन्छ यादव ।
परापुर्वकालदेखि नै होलीको लोकगीत गाएर खुशी साटेर आपसी प्रेम र सदभाव साथ मनाइने होली अब होटल र पार्टी प्यालेसमा मनाउने चलन बढ्दै गई आधुनिकता परिवर्तन हुँदै गएकोप्रति मैथिली समाजले चिन्ता व्यक्त गरेको छ ।
यादव भन्नुहुन्छ —‘मिथिला क्षेत्रमा दशकअगाडीसम्म रात्री भोजनपछि दलान आगनमा गाउँले भेला भएर होलीको परम्परागत गीत गाएर मौलिक संस्कृतिमा रंग भर्ने चलन थियो । वर्षभरिका दुःख पीडा विर्साएर उल्लास मनाउने यो पर्वका नाममा विकृति विसंगति भित्रिन थालेको छ । अचेल विशेषत युवती महिला र भलाद्मीहरु होलीको दिन नजिकिदैँदै गर्दा त्रसित हुन्छन् । रंग नभई अण्डा हिलो फोहोर र विभिन्न केमिकलहरु जस्ले जीवनमा नकरात्मक असर पुर्याउछन् घरमाथि छतमा लुकेर लोला हान्ने त्यस्ता प्रदुषित पदार्थ अनिच्छापूर्वक जवरजस्ती छयाप्ने गरिन्छ । यसले होली पर्वका नाममा विकृति भित्रियाईरहेको छ । यस्तै व्यवहारका कारण अप्रिय घटनापनि हुने गरेका छन् । ’
होली मनाउँदा विचार पुर्याउनु पर्नेमा जोड दिनुहुन्छ झापा धुलावारीका महेशचन्द्र झा । ‘शुरुमा आफु भन्दा ठुलालाई रंग लगाउँदा खुट्टामा ढोगेर मिठो मिठो खानेकुरा खान दिएर फुको अविरको टीका लगाउँनु पर्छ’ झाले भन्नुभयो —‘ अहिले त अपरिचित व्यक्तिमाथि जबरजस्ती गर्ने प्रवृत्ति बढेको छ , को सानो को ठुलो कुनै मतलव छैन् , मुख्यःत होलीसंग सम्बन्धित गीत राधा—कृष्ण शिव —गौरी सीता —राम पति —पत्नी भिनाजु —साली देवर— भाउजु प्रेमी— प्रेमीकामै सम्बन्धित हुन्थे अहिले सवै हराए ।’ तर, होली खेल्नेहरुले नै आफूलाई अनुशासीत र सभ्य राख्न सकेमा यस पर्वको गरिमा जोगिने उहाँको भनाई छ । पर्वको मौलिकतालाई विर्सेर विकृत बनाउँदा चाडको गरिमा रहदैंन । मित्रता , आत्मीयता र सामिप्य दर्शाउन यस पर्वलाई नेपाली संस्कृतिको महत्वपूर्ण निधिको रुपमा राखिरहन यसलाई मर्यादित बनाउँनुपर्नेमा उहाँको जोड छ ।
विर्तामोडका शैलेन्द्रकुमार झा होली मनाउने मिथिलाको मौलिक शैली पछिल्लो समय लोप हुर्दै गएको चिन्ता व्यक्त गर्नुहुन्छ । रंग उत्सव प्रेम सदभाव कामय राख्ने होली पर्वको मौलिकता माथि भड्काव संस्कृति हवि हुर्दै गएपछि मौलिक होली गुमनाम भईरहेको झाको भनाई छ । झा भन्नुहुन्छ —उसवेला होलीमा यसो भन्र्दै गीत गाईन्थयो
‘एक दिश खेले कुमर कन्हैया, एकदिश खेले होली हो
एक दिश खेली मोहन, मुरारे दोसर दिश राधा प्यारी हो । ’
अहिले मिथिलाक्षेत्रमा होलीको यो मौलिक गायन कमै सुन्न पाईन्छ । मौलिक होली मदिरा, नशा लिएर अनि उदण्ड तवरले मनाउने प्रवृत्ति हावि भएको मैथिली समाजका जानकार धुलावारी कृष्णकौशल चन्द्र गुप्ता बताउँनुहुन्छ ।
बिहानै देखि मदिरा र नशा लिएर मात्तेर झगडा गर्ने अवसरका रुपमा पछिल्लो समय होलीको पवित्र अवसरलाई दुरुपयोग गर्न थालिएको गुप्ताको भनाई छ । सरस्वती पुजाका दिन देखि नै होरीलाई गीत गाउँर्दै फगुवा फागु पर्वलाई स्वागत गर्न मिथिलको मौलिकता हो । गीत संगीत कला संस्कृतिक भेषभुषा अन्य परम्पराको उर्वर भूमि मिथिलामा पछिल्लो समय आधुनिकताले मौलिकता छोपीरहेको गुप्ताको भनाई छ । श्री पञ्चमीदेखि नै यहाँका गाउँ घरमा होरी गाउँने हरुको चहल पहल शुरु हुन्थयो । तर, अहिले होरीको मौलिक गीत हराउँर्दै छ वाल्यकालमा आफूले गाएको होलीको गीतको अनुभुति सुनाउँर्दै भन्नुभयो ।
होरी खेले रघुविरा अबधमे होरी खेले रघुविरा
किनकर हाथ कनक पिच्करी किनकर हाथ अबिरा होरी खेली रघुविरा ,
अबधमे होरी खेले रघुविरा अब होलीको यो मौलिक गायन नसुनेको धेरे भयो ।
प्राचीनकालमा भगवान् रामले खेलेको होली र त्यसकालमा गरिएका विभिन्न लीलालाई होली संगीतमा विशेष ठाउँ दिइन्छ । उसवेला होलीको गीत यस्तो हुन्थयो ।
‘राजा जनकजीक द्वापर लम्बी पैड खजुर,
उपर चढे से रामरस पावे
निचा खसे से होय चुर ।
हम छी अपन मनके मौजी
बहुके कहैछी भौजी
भोला जनता किछ नै कहता
हम जे कहबे से हे मानता
हमरो सरकार बनाब दिअ ।’
फागुपर्व वा होली खेल्ने परम्परा प्राचीनकालदेखि नै नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको पाइन्छ । शिशिर ऋतुको जाडो र तुषारोले कठ्याङ्ग्रिएर नैराश्य भएकालाई वसन्त ऋतुको आगमनले ल्याउने खुसीको प्रफुल्लित क्षण र मुद्दा होलीको उल्लासमय वातावरणमा प्रस्फुटित हुन्छ ।
मनोरम प्राकृतिक छटा वातावरणमा फागु वा होली नेपाली संस्कृतिमा रङ्गको पर्व भएर सबै नरनारीबीच उमङ्ग र उच्छवास बाँड्दै आउँछ । आपसी सद्भावबीच गरिने मनोरञ्जन मानव जीवनलाई स्वस्थ राख्न अति आवश्यक हुन्छ । यसले जीवनप्रति उत्साह र सकारात्मक भावना जगाउँछ ।
फागुपर्वको अनेकौँ पौराणिक प्रसङ्ग छन् । प्रथमतः शक्तिमत्त सम्राट हिरण्यकश्यपु उनको छोरा विष्णुभक्त प्रल्हाद शिवजीबाट आगोको रापले डढाउन नसक्ने वरदान प्राप्त प्रल्हादकी फुपू होलीकाको प्रसङ्ग आउँछ । इश्वरीय शक्तिको महिमा तथा सत्यको जित र खराब प्रवृत्तिको पराजयको प्रतीकका रूपमा आगोले होलिका घटना भव्य भई प्रल्हाद सकुशल रहेको पछि गएर उत्सवको रूपमा होली खेल्ने परम्परामा परिणत हुन गएको मानिन्छ ।
एउटा पौराणिक प्रसङ्ग सत्य युगका पृथराजाको शासनकालसँग सम्बन्धित छ भने अर्को प्रसङ्गमा द्वापर युगमा पुतना राक्षसनीले धेरै बालबालिकालाई आफ्नो विषयुक्त दूध चुसाइ मार्ने गरेकी र कृष्णलाई समेत त्यसरी नै मार्न लाग्दा भगवान् कृष्णले पुतनाको प्राणवायु चुसेर मारिदिँदा गोकुलवासीले राक्षसनीलाई डढाइ खरानी बनाएको र त्यसको खुसीयाली मनाउन होली खेल्ने परम्परा चलेको मान्यता पनि छ । कतिपय विद्घवानले चाहिँ प्रेमका साक्षात् स्वरूप कृष्ण र गोपिनीहरूको प्रेम प्रदर्शन गर्न होली उत्सव मनाइएको उल्लेख गरेका छन् ।
नेपालमा होलीको सुरुवात गोपालराज वंशावली अनुसार लिच्छवीकालमा राजमान देव, त्यसपछि मल्लकालमा मल्लाराजाहरू र शाहवंशमा पृथ्वीनारायण शाहसम्म राजदरबारमा मात्र भव्यरूपमा खेलिने गरेको उल्लेख पाइन्छ । यसको वास्तविक बुझाइ चाहिँ तत्कालीन समयमा भक्तपुरमा नेवार युवतीले गाएका ‘‘जुजुया होली मय जुया मयला’’ (राजाहरूलाई मात्र रमाइलो छ, हामीलाई छैन) भन्ने लोकगीतबाट बुझिन्छ । राजदरबार र प्रतिष्ठित ठाउँमा खोलिने होली पछिल्लो समयमा सबै वर्ग र समुदायको उपत्यका, पहाड र तराई मधेसका सम्पूर्ण भू–भागमा मनाउने साझापर्वको रूपमा विकसित भएको पाइन्छ । काठमाडौँ उपत्यकामा होली पर्व वसन्तपुर हनुमान ढोकामा चिर जडित लिङ्गो उभ्याएपछि सुरु हुन्छ । जुन सात दिनसम्म मनाइन्छ । चिरलाई यमुना नदीमा निर्वस्त्र मस्त नुहाउन लागेका गोपिनीका विभिन्न रङ्गको प्रतीक मानिन्छ ।
पहिला सभ्य ढङ्गले अविर रङ्गहरू एक आपसमा सौहार्द पूर्ण वातावरणमा खेल्ने गरिएको भए पनि केही वर्षसम्म जथाभावी पानी रङमा ढुङ्गाका टुव्रmा सडेका अण्डा आदि राखेर लोलाले हिर्काउने, विशेष काममा हिँडेका सडक यात्रुलाई झ्यालबाट पानी खन्याइ दिने, भाङ घतुरो खाएरझैँ झगडा गर्ने होली खेलमा सामेल हुन नचाहनेलाई जबर्जस्ती गर्ने आदि व्रिmयाकलाप हुन जाँदा शिक्षण संस्था नै बन्द भई पठन पाठनसमेत रोकिन पुग्थ्यो ।
तराईवासी यसलाई विशेष पर्वको रूपमा लिन्छन् र शालीन तरीकाले भव्यरूपमा मनाउने गर्छन् । पुरुष वर्ग चौबाटो तथा चौतारामा र महिलाको समूह सफा रङ पानी प्रशस्त मात्रामा जम्मा गरिएको कुनै ठूलो घरमा जात वर्गको भेदभाव नगरी खुलारूपमा होली खेलिँदा पिचकारीले रङपानी छेपेर सन्तोष नलिई बाल्टिन तथा गाग्रीले शिरदेखि पाउँसम्म भिज्ने गरी खेल्छन् । उनीहरू खुला हृदयले बाह्य स्पर्श, भाष, लवज, रतिगान तथा सम्मान आदरमा कुनै नियन्त्रण नराखी बिहानदेखि अपरान्हसम्म मस्तसँग खेलेर समिति समय सकिएपछि सफापानीले नुहाइ सफा कपडालाई मनोरञ्जनात्मक क्षणमा स्पर्श गरिएका बोलिएका शब्दको कुनै इष्र्यानगरी आ–आफ्नो मान्यजनका ढोगभेट र इच्छित खाना, मिष्ठान आदि खाई खुवाई अर्को साल कुनै घरमा पुनः जम्मा हुने बाचागरी आ–आफ्ना घर फर्कन्छ ।
पुरूष वर्ग चाहिँ आफ्नो क्षेत्रमा खोलिएको मनोरञ्जन सकिएपछि पूर्व निर्मित साहित्यिक मञ्चमा साहित्यकार हाँस्य व्यङ्य कविता, चुट्किला भजन, गजल ग्रामीण उखान टुक्का सुनाइ साहित्यिक मनोरञ्जनको वातावरण सिर्जना गर्छन् र त्यसै मञ्चबाट नै चर्चित साहित्यकारलाई ‘महा मुर्खराज, लण्ठाधिराज, रति सर्वस्व, रति मुख मण्डन, उपाधि दर्जाले सम्मान गर्छन् । इतिहासविद्का अनुसार र मुस्लिम औरङ जेवको आव्रmमणबाट उत्पीडित हुँदा लाखापाखा लाग्ने व्रmममा महेन्द्रनगर तथा कञ्चनपुर कैलाली आदिमा बस्ती बस्दै आएका राना थारू होलीलाई फगुवा सम्बोधन गर्छन् । उनीहरू खानपिन नाचगानलाई प्राथमिता दिन्छन् र नाचगानमा लगाउने कपडा घर घरमा तयार गर्छन् । परदेशी पाहुना कसैको अविर रङ दलिदिएमा कुनै मनखत÷नरमाइलो मान्दैनन् र फगुवालाई आफ्नो बोली चालीको भाषामा ‘हल्की’ भन्छन् । शङ्कपुर, श्रीपुर, रामपुर विलासीपुर आदिका बासिन्दाले मनाउने फगुवालाई ‘भारी होली’ भन्छन् । राना थारूहरूको रहन सहनमा महिलाको विशेष अधिकार हुँदा समाजमा कसैको खराब नियत, चाल चलन छ भने त्यस्तोलाई त्याग्न महिला फगुवा गीतबाट अर्ति उपदेश दिई सर्तकसमेत गराउँछन् ।
होरी, होली, फागु, फगुवा, वसन्त उत्सव आदिले पुकारिने रङ्गिन पर्व नेपाल र भारतमा मात्र सीमित नभएर अन्य मुलुकमा पनि यस्तै प्रकारको मनोरञ्जनात्मक रङको पर्व मनाइएको पाइन्छ । रङको पर्वको रूपमा रुसमा हास्य पर्व मनाइन्छ भने बेल्जियममा हाँसो ठट्टाको रूपमा एक आपसमा उपहार आदान प्रदान गरेर, हङ्गेरीमा युवकले आफ्ना विशेष प्रेमी युवतीलाई रङपानी खन्याइ दिएर, इजिप्ट, जापान, सुमात्रा आदि देशमा नाचगान र नयाँ अन्नको स्वागत सत्कार गरेर, युनानममा आगो बालेर र नाचगान गरी मनाइएको पाइन्छ । यस्ता जानकारीबाट फागुलाई विशेषतः खुसीयालीले भरिएको विश्वव्यापी रङ्गीन पर्वको रूपमा पनि बुझिन्छ ।
होली जसरी मनाए पनि ‘विजय त्यसको हुन्छ, जो धर्ममा रहन्छ, धर्म त्यो हो जो सत्यमा आश्रित छ’ भन्ने फागुपर्वको मुख्य आशय सबैले बुझ्न आवश्यक छ ।