२४, जेठ मेचीनगर : अन्तर्राष्ट्रिय रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले एकैदिनदुईवटा आयोजना गरी सम्बन्धित पक्षलाई हस्तान्तरण गरेको छ । क्लबको ‘सिक्नेचर प्रोजेक्ट’ (वार्षिक क्यालेण्डर) अन्तर्गतको खानेपानी योजना र चिल्ड्रेन पार्क घेराबारा परियोजना हस्तान्तरण गरेको हो ।
विहीबार आयोजित योजना हस्तान्तरण कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय रोटरी डिष्ट्रिक ३२९२ को सहयोगमा डिष्ट्रिक ग्रान्ट अन्तर्गत काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा निर्माण सम्पन्न शुद्ध पिउने पानी आयोजना क्याम्पसलाई र मेचीनगर नगरपालिका वडानम्बर- ६ को सहयोगमा काँकरभिट्टा माध्यमिक विद्यालयमा गरिएको चिल्ड्रेन पार्क घेराबारा परियोजना काँकरभिट्टा माविलाई हस्तान्तरण गरिएको हो । शुद्ध पिउने पानी आयोजना क्लवको वार्षिक योजना हो । हरेक वर्ष यो योजना क्लवको प्राथमिकतामा पर्ने गर्दछ वा रोटरी क्लब अफ काँकरभिट्टाको पहिचान नै यो योजना हो ।
कार्यक्रमका प्रमुख अतिथि जोन ४३ का असिष्टेन्ट गर्भनर सन्दिपदिपु चापागाई र रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३-२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले संयुक्तरुपमा काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीलाई शुद्ध पिउने पानी आयोजनाको चाबी हस्तान्तरण गर्नुभयो । साथै पानी पिएर योजनाको विधिवत उद्घाटन समेत भएको छ । रोटरी क्लब अफ काँकरभिट्टाले यहाँका ६ वटा सामुदायिक विद्यालयमा योजना सम्पन्न गरी स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । रोटरीले स्वच्छ खानेपानीको सुविधा पु¥याउन नगरका विभिन्न ६ वटा विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ । खानेपानीको धारा नपुगेका ग्रामीण भेगका विद्यालयमा त्यस्तो कार्यक्रम सञ्चालन गरिएको पूर्व अध्यक्ष कृष्णकान्त (नवराज) खनियाँले बताउनुभयो ।
रोटरीले प्रत्येक वर्ष हेप्पी स्कूल कार्यक्रमअन्तर्गत स्थानीय सामुदायिक विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन त्यस्तो परियोजना सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी बर्सेनी परियोजनामार्फत खानेपानीको व्यवस्था गरिंदै आएको हो ।
काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शुद्घ पिउने पानीको निक्कै अभाव थियो । चैतको टन्टलापुर घामा तिर्खाएका विद्यार्थीहरु विद्यालय नजीकै गएर पानी पिएर तिर्खा मेट्न बाँध्य थिए । तर, अब भने यो समस्याबाट क्याम्पस मुक्त भएको छ । रोटरीले क्याम्पसमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा क्याम्पस प्रमुख उप्रेतीले खुशी व्यक्त गर्नुभयो । धेरै कुराबाट समस्या झेलिरहेको यो क्याम्पसका नगरका विभिन्न वडाबाट विद्यार्थीहरु पढ्नका लागि आउने गरेका छन् । क्याम्पस प्रमुख उप्रेतीले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । रोटरीले यसअघि समेत विभिन्न विद्यालयमा रचनात्मक कार्य गरेको भन्दैं उहाँले आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । उहाँले अब समाज रुपान्तरण र परिवर्तनमा सवै लाग्नुपर्ने उहाँको जोड छ । एसिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाईंले डिस्ट्रिक्ट ग्रान्ट अन्तर्गत रहेको यो परियोजना समयमै सम्पन्न गर्नुभएकोमा क्लबलाई धन्यवाद दिदैं खुसी व्यक्त गर्नुभयो र आगामी दिनमा पनि यस्तै कार्यको निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङ्गले वडाबाट विनियोजित रकमको सही सदुपयोग गरेकोमा क्लबप्रति विश्वास बढेकोले आगामी दिनमा समेत क्लबसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।
अन्तर्राष्ट्रिय रोटरी ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले यसअघि नगरभित्रका विभिन्न विद्यालयमा ६ वटा खानेपानीका परियोजना सम्पन्न गरी हस्तान्तरण गरीसकेको क्लबका पूर्व अध्यक्ष कृष्णकान्त (नवराज) खनियाँले जानकारी दिनुभयो ।
यसैगरी, मेचीनगर नगरपालिका वडानम्बर ६ को सहयोगमा काँकरभिट्टा माध्यमिक विद्यालयमा गरिएको चिल्ड्रेन पार्क घेराबारा परियोजना काँकरभिट्टा माविलाई हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि ववडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको उपस्थितिमा विद्यालयका प्रधानध्यापक हरिप्रसाद न्यौपानेलाई अन्तर्राष्ट्रिय रोटरी ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३-२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले चाबी हस्तान्तरण गर्नुभयो ।
रोटरी अन्तर्राष्ट्रिय ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३-२०२४ का सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको परियोजना हस्तान्तरण कार्यक्रममा सहभागी सवैलाई सन् २०२४-२०२५ क्लबको प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठले शव्दमार्फत स्वागत गर्नुभएको थियो । पूर्व अध्यक्षहरु कृष्णकान्त (नवराज) खनियाँ, दिलीप सुवेदी , राधिका गुरुङ, क्लबका सन् २०२३—२०२४ सहसचिव पेमा तामाङ, सन् २०२४-२०२५ क्लबको उपाध्यक्ष कृष्णराज पौडेल, प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठलगायत रोटरियनहरुको बाक्लो उपस्थिती थियो ।