असार मसान्त नामको असुली आतंक रोक्न नेकपा (विप्लव) झापाको चेतावनी

१२ असार, झापा : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, वित्तीय संस्था र मिटरब्याजी समेतले उद्योगी, व्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दु:ख दिन थालेपपछि आज चेतावनी सहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।

पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिव संजय सीद्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयम्ले पूँजीगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको, उद्योग व्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु विरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ । विज्ञप्तिमा उद्योगी व्यवसायीहरु लाई दु:ख नदिन चेतावनी दिइएको छ ।

विज्ञप्तिको पुर्ण पाठ यस्तो छ :

असार मसान्त नामको असुली आंतक बिरुद्ध चेतावनी विज्ञप्ति

यतिवेला झापामा कृयाशिल उद्योगी , व्यापारी र सर्वसाधरण श्रमिक जनता माथि बैंक, लघुवित्त संस्था र मिटरव्याजी हरुले असार मसान्त अर्थात क्लोजिङको नाममा चलाएको अशुलि आतंक प्रति हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।

यो समय उद्योगी व्यापारीहरुको उद्योग धन्दा कारोवारको अवस्था खंस्कदो र संकटपूर्ण रहेको छ। व्यापार घाटाको अवस्था डरलाग्दो बन्दै गइरहेको छ । राज्यले पुजिगत खर्च तर्फको भुक्तानि समेत समयमा दिन नसक्दा त्यसले बजारलाई झन ठुलो संकटमा फसाइरहेको छ । यतिवेला आम सर्वसाधरण, मध्यम स्तरका व्यापारी, उद्योगी, निर्माण व्यवसायी कम्पनीहरु समेत यो आर्थिक तरलताको मारमा पिल्सनु परेको छ ।

यस्तो गंभीर अवस्थामा नेपाल सरकारले आम सर्वसाधरण जनता, मध्यम वर्गीय व्यवसायी, उद्योगीहरुको बाँच्न पाउने अधिकारको विषयमा कुनै चासो नदिएको र नितिगत निकास नदिइ दोहोरो चरित्र देखाइरहेको हुँदा वि वित्तीय संस्था बैंक तथा मिटरव्याजीहरुले धमिलो पानीमा माछा मार्ने धन्दा संचालन गर्ने स्थिति बनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु व्यवसायी तथा उद्योगीहरुको नाममा सार्वजानिक सूचना प्रकाशन गर्ने, लोन रिकभरी नामक गुण्डाहरुको टिम बनाएर फोन मार्फत र घर घर गएर धम्काउने, थर्काउने, गाली बेइज्जत गर्ने, आक्रमण गर्ने जस्ता विभिन्न दबाबहरु पैदा गर्ने कार्यगरिरहेका छन्। यो आतंकपूर्ण कार्य अझ धेरै यतिबेला असार मसान्तको वहानामा भैरहेको छ ।

देशको आर्थिक क्षेत्रमा उत्पन्न भएको यस्तो संकटपूर्ण अवस्थामा उद्योगी व्यवसायीहरुको बाँच्न पाउने हक समेत खोस्ने गरि उद्योगी व्यवसायीहरुको सामाजिक अस्तित्वमा आँच पुर्याउने र मर्न वा पलायन हुन बाध्य पार्ने कार्यहरु बढिरहेका छन् ।

हामी उद्योगी व्यवसायी हरुको सुरक्षा र हितमा गंभीरतापूर्वक सोच्न राज्य समक्ष जोडदार माग गर्दछौं । साथै असार मसान्तको नाममा अशुली आंतक संचालन गरेर होइन कि बरु के गर्यो भने उद्योगी व्यवसायीलाई सहज हुन्छ र ऋण उठ्न सक्छ भन्ने कुरामा बैंक तथा वित्तीय संस्थाले संयमित भएर गंभीरतापूर्वक लाग्न अनुरोध गर्दछौ । उद्योगी व्यवसायी तथा जनताको बाँच्न पाउने हक समेत खोस्ने गरी भएका र गरिएका सबै खाले हर्कतहरु तुरुन्त रोक्न बैंक वित्तीय संस्था र मिटर ब्याजीहरुलाई कडा चेतावनी दिन चाहान्छौं।

उद्योगी व्यवसायीहरु तथा सर्वसाधरण जनतालाई संयमित बन्न र उच्च मनोवल सहित यो संकट विरुद्ध संघर्ष गर्न अनुरोध गर्दछौं ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.