२९ असार, मेचीनगर : पालिकाको आम्दानी बृद्धिका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्नै, आम्दानी बृद्धिका लागि पालिकाको करको दायरमा बृद्धि तथा भएका ऐन नियम कार्यान्वयन गर्ने पहल गर्ने निर्णयलगायतका आठ बुँदे साझा प्रतिबद्धता जारी गर्दै झापाका १५ वटै पालिकाका उपप्रमुखर उपाध्यक्षहरुको एकदिने भेला झापाको दमकमा सम्पन्न भएको छ
दमक नगरपालिकाका उपप्रमुख तथा सञ्जालका संयोजक रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको सञ्जालको बैठकले विभिन्न एजेन्डामा छलफल गदैं निर्णय गरेको छ । । दमक नगरपालिकाका नगर प्रमुख राम थापाकोे उपस्थिती रहेको बैठकमा संयोजक संयोजक रेगिना भट्टराई प्रसाईंले आफ्नो कार्यकालमा भए गरेका कार्यको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागी उपप्रमुख उपाध्यक्षहरुले आ— आफ्नो पालिकाले गरेका नयाँ कामको बारेमा विचारहरु राख्नुभयो ।
अनुमगन तथा मुल्याङ्कन ऐन २०८० को व्यवस्था बारे बुझाईमा एकरुपता ल्याउन तथा आवश्यक ज्ञान सीप हासील गरी कामलाई प्रभावकारी बनाउँन कार्यशाला आयोजना गर्ने, पालिकाहरुबीचको असल अभ्यास आदान प्रदानलाई निरन्त।ता दिने कुनै समस्या आई परेमा समाधानमा सहजीकरण गर्ने र यसको नेतृत्व र पहल संयोजकले गर्ने निर्णय भएको छ ।
संवाद समुहको सजकीकरणमा भएको बैठकले समन्वय समितको विगतको काम हरेक पालिकामा भएका काम, भोगेका समस्याहरुको समिक्षा र पालिकाबाट सिकाई र राम्रो कामको अनुभव आदान प्रदान तथा समन्वय समितिको निर्णयहरुलाई आ—आफ्नो पालिकामा कार्यान्वयन गर्ने गराउने निर्णय गरेको छ । उपाध्यक्ष र उपप्रमुखहरुले सहजिकरण गर्ने कार्यहरुलाई पालिकाहरुले सहजरुपमा नियम अनुसार कार्यान्वयन गर्न सञ्चालनमार्फत पहल गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले झापाका पालिका उपप्रमुख उपाध्यक्षहरुको सञ्चालको आगामी संयोजक गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवंरलाई सर्वसम्मत चयन गरेको छ ।
सञ्जालमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् । उपप्रमुखहरुमा बिर्तामोड नगरपालिकाका नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका रेगिना भटट्राई प्रसाईं, भद्रपुर नगरपालिकाका राधा कार्की, गौरादह नगरपालिकाका जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाका खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाका नरमाया कार्की रहेका छन् ।
त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाका अञ्जु थपलिया, कमल गाउँपालिकाका प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाका शान्तादेवी शिवाकोटी खरेल र हल्दिवारी गाउँपालिकाका लक्ष्मी मैनाली रहनु भएको छ ।
बैठकले झापाका पालिका उपप्रमुख उपाध्यक्षहरुको समन्वय समितिको आगामी बैठक भदौं मसान्तसम्ममा गर्ने निर्णय गरेको छ । बैठकमा निवर्तमान संयोजक रेगिना भट्टराई प्रसाईले नयाँ संयोजक पुजन न्यौपाने कुवंरलाई बैठक पुस्तिकासहित जिम्मेवारी प्रदान गर्नुभयो । पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउन उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको सञ्जाल बनाइएको छ । सञ्जालले हरेक दुई महिनामा विभिन्न एजेन्डामा छलफल तथा निर्णय गर्ने बताइएको छ । सञ्चालको कार्यकाल दुई महिनाको रहने छ । बैठकको सहजीकरण संवाद समूहका एकराज गिरी र अर्जुन राजवंशीले गर्नुभएको थियो ।
फोटो: आमसंचार