हराउँदै आरन : परम्परागत पेशाबाट परिवार धान्न समस्या

१० साउन, मेचीनगरः झापा मेचीनगर—७ का यमबहादुर विश्वकर्माको उमेर तीन कोरी नाघिसकेको छ । चारजनाको परिवारसहित मेचीनगरमा बस्दैं आउनु भएका यमबहादुरले आरन नचलाए उहाँको घरको विहान बेलुकाको चुलो बल्दैन् । त्यसकारण पनि उहाँको बुढो शरीरले खासै आराम पाउँदैन् । आरन चलाउनु उहाँको पुख्र्याैली पेशा नै हो । अब त त्यो बुढ्यौली शरीरमा तागत समेत घट्दै गएको छ ।

तर, पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले आरन लोप हुँदै गएकोमा उहाँ बढी चिन्तित हुनुहुन्छ । आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको उहाँको बुझाई छ । आगो, धुवाँ, धुलो र फलामसँग रमाउनु यमबहादरका लागि सामान्य बनिसकेको छ । त्यसैमा उहाँ रमाउनु पनि हुन्छ ।

यमबहादुरले ७ वर्षको उमेरदेखि नै आफ्ना बाबु बाजेसँग आरनमा रमाउन शुरु गर्नुभएको हो । रमाउँदा रमाउँदैं आरनबाट कृषि औजार हँसिया,कुटो, कोदालो, बञ्चरो, चुलेंसी, कुमा, हतौडा, घटट्को बियो, लौरेसीजस्ता फलामे औजार बनाउने सीप सिक्नु भयो । जुन सीप अहिले यमबहादुरको परिवार पाल्ने मुख्यः माध्यम बन्यो ।

किन, कि यो पेशा अंगालेर यही आरनबाट उत्पादन भएको सामाग्री बिक्री भएर प्राप्त रकम नै उहाँको मुख्य आम्दानीको स्रोत हो । जुन आम्दानीले उहाँले पारिवारीक नाउँ चलाउँदैं आउनु भएको छ । चार दशकभन्दा लामो समयदेखि खुकुरी, हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने पेशालाई निरन्तर अंगाल्दै विकले परम्परागत सीपलाई अहिलेसम्म जोगाउँदै आउनु भएको छ ।

‘दुई छोरी र श्रीमतीसहितको परिवार यही परम्परागत पेशाबाट धान्दैं छु ।’ चुलेसी बनाउँन फलाम पिट्दैं गर्नुभएका विकले उचालेको हम्मर भुईमा राख्दैं , कालो भेष्टको बाहुलाले अनुहारको पसिना बुझ्दै भन्नुभयो—‘ तर, अहिले अत्याधुनिक हतियारको विकास र कच्चा पदार्थको अभावले पुख्र्याौली पेशा संकटमा पर्न थाल्यो । पुराना व्यवसायीको उमेर ढल्किँदै गएपछि बुढ्यौलीमा यो व्यवसाय गर्न कठिन हुने उहाँको अनुभव छ ।

हातमा उठेको ठेला देखाउँदै विश्वकर्माले भन्नुभयो —‘कसैले पनि सीप र कलाको सम्मान गरेनन् । कसैको सहयोग छैन । तालिम र आरनको संरक्षणका लागि आफ्नो सीप र कलाको संरक्षण गर्न स्थानीय सरकारले आर्थिक सहयोग गर्नुपर्छ । आरनलाई आधूनिकीकरण गर्न नसक्दा थुप्रै दशकदेखि परम्परागत ढंगले आरन चलाउन बाध्य बनेका छन् । यसको संरक्षणमा कसैको ध्यान पुगेन् । ’

विशेष गरी दलित समुदायका मानिसले अँगालेको यस पेसाप्रति समय सापेक्ष खासै फाइदा नदेखिएपछि प्रतिदिन यो पेसा संकटमा पर्ने गरेको उहाँको बुझाई छ । ‘ शहर बजारतिर त देख्नै नपाईने बरु फाट्टफुट्ट गाउँमा म मात्र यो पेशा थोरैले भएपनि धान्दै आएको उहाँको भनाई छ । गाउँ बस्तीमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको पुख्र्याैली पेसा आरन व्यवसाय समेत अब संकटमा पर्न थालेको छ । समयको परिवर्तनसँगै यो व्यवसाय संकटमा पर्न थालेको उहाँको बुझाई छ।

मेरो बाबु, बडाबुबा काकाकोमात्र सातवटा आरन थिए ’ उहाँले भन्नुभयो —‘अहिले सवै हराए । मैले मात्र बाउँ बाजेको बीडो थाम्दैं छु हाम्रा छोरा, भतिज भाईहरुले यसलाई समाएनन् बरु परदेशतिर लागे ।’ आफ्ना सन्तानलाई पनि यही पेशामा आवद्ध गराउन नसकेको उहाँको भनाई छ ।

यसरी आरन चलाएर गुजरा गर्नेलाई समाजले समेत फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो उहाँको छ । पाचथर जिल्लाको मिक्लाजुङ—१ बाट झापाको मेचीनगर बसाईसरि आउनु भएका विश्वकर्मा यहि पेशाबाट मासिक कृषि औजार बिक्री गरेर मासिक १५ देखि २० हजारसम्म आम्दानी हुने गरेको बताउँनुहुन्छ । जुन आम्दानी उहाँको परिवार पाल्ने गतिलो माध्यम बनेको छ ।

अरु समयको तुलनामा चाडपर्वका बखत उहाँकोमा काम निक्कै आउँछ । त्यसबेला बनाइएका सामाग्री बेचेर दशैंलगायतका चाडपर्व मनाउँर्दै ै आएको यमबहादुरको भनाइ छ । अहिले फलामका सामग्रीको बजार समेत साँगुरिएको छ । उत्पादित सामग्रीको बजारको समस्या छ ।

राम्रो आम्दानी नहुने भएपछि आफ्नो समुदायका युवाहरूले आरन पेशा छाड्दै गएको र युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेको उहाँले स्पष्ट पार्नुभयो । नयाँ पुस्ताले पेशा छाड्दै गएका कारण आरन हराउँदै गएको उहाँको भनाई छ। ‘दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल हुन्छ ’ काँकरभिट्टका हरेराम विश्वशर्माले भन्नुभयो । थुप्रै पेशालाई समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेशामा भने परिवर्तन हुन नसकेको गुनासो गर्दै हरेरामले भन्नुभयो—‘अब आरन पेशा व्यावसायिक बनाउन, पेशालाई सम्मान हुने वातावरण सिर्जना र सरकारले सहयोग गर्नुपर्छ । ’

कुनै बेला घरबार धन्ने गतिलो माध्यम बनेको यो आरन अहिले परम्परागत रुपमा गर्दै आएको पेशाबाट परिवार धान्न समस्या भएको छ । देशभरिका आरनहरुको संरक्षणका लागि स्थानीय तहले आर्थिक सहयोग गर्नुपर्ने उहाँको माग छ । यसो भएमात्र आफूसँग भएको सीप र कला नयाँ पुस्तामा हस्तान्तरण हुन्छ । गाउँघरमा केही बूढापाका उमेरका व्यक्तिले फाट्टफट्ट रूपमा आरन चलाए पनि युवा भने यसतर्फ आकर्षित छैनन् । सरकारले आरन व्यवसायीकोे व्यवस्थापन तथा संरक्षण गर्न सके, समय सापेक्ष आरन व्यवसायीको लगत संकलन गरी उनीहरूलाई आधुनिक तालिम, नगद ज्याला निर्धारणका साथै आधुनिक औजार उपलब्ध गराएमा मात्र संकटमा परेको आरन व्यवसाय पुनः फष्टाउने दलित अधिकारकर्मी भक्तराज गजमेरको भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.