योगेन्द्र उपाध्यायको संगीतमा म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

१६ साउन, काठमाडौँ : वर्तमान समयका चर्चित संगीतकार योगेन्द्र उपाध्यायको संगीतमा “एक्लो भएछु” गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीतमा डा. बिनुबाबा अर्यालको शब्द रहेको छ ।

बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा वरिष्ठ नायक शिव श्रेष्ठको अभिनय रहेको छ । सुरज तामाङको निर्देशन रहेको भिडियोमा श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय, बिशाल थापाको छायाँकन र ज्वाला राईको सम्पादन रहेको छ । गीतको अडियो तथा भिडियोलाई गीतकार डा. अर्यालले उत्पादन गरेकी हुन् ।

कार्यक्रममा गीतमा आवद्ध श्रष्टा तथा कलाकार सहित रोयल्टि संकलन समाज नेपालका कार्यबहाक अध्यक्ष चन्द्र शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, चर्चित संगीतकार एवम् पीम नेपालका उपाध्यक्ष शंकर थापा स्माइल लगायतका अतिथिहरुले संयुक्त रुपमा गीत बिमोचन गरेका हुन् ।

संगीतकार योगेन्द्र उपाध्यायले शब्दको भाव अनुरुपकै संगीत तयार पार्ने आफ्नो इमान्दार प्रयास रहेको जनाए । निकै छानेर मात्र गीत गाउने गायक श्रेष्ठले आफ्नो कम्पोजलाई स्वीकारेर गीत गाइदिदा राम्रै काम गरेछु भनेर आत्मसन्तुष्टि मिलेको समेत उनको भनाई छ । गीतकार डा. अर्यालको भावनालाई मर्न नदिन आफुले सोही अनुरुप अडियो र भिडियोमा काम गरेको उनको तर्क छ ।

कार्यक्रममा बोल्दै  गायक श्रेष्ठले गीतको शब्द र संगीतले आफुलाई छोएका कारण गीत गाउन तयार भएको बताएका छन् । आफ्ना अरु गीत भन्दा यो गीत केही फरक र विशेष रहेको भन्दै उनले त्यसको श्रेय संगीतकार उपाध्यायलाई दिए । उनले संगीतकार उपाध्यायले आफुलाई फरक शैलीमा गाउन सिकाएको समेत बताए । यस्तै गीतका शब्दमै एउटा पूर्ण कथा रहेको भन्दै उनले शब्दको भावलाई मर्न नदिन सबैको मेहनत उत्तिकै प्रसंसनीय रहेको जनाए ।

यस्तै  नायक शिब श्रेष्ठले शुरुमा आफु दीप श्रेष्ठको गीत भनेर अभिनय गर्न तयार भए पनि गीत सुनिसकेपछि भने साच्चिकै मन छोएको बताएका छन् । भिडियोमा अभिनय गर्दै गर्दा कतिपय ठाँउमा आफु साच्चिकै भावुक भएको उनको प्रतिक्रिया छ । उनले भिडियो निर्देशक तामाङको निर्देशकिय कौशलताको प्रसंसा गर्दै अभिनेत्री शाहको अभिनयको पनि आफु प्रसंसक भएको बताए । गीतकार डा अर्यालको मुटु छुने शब्दमा संगीतकार योगेन्द्र र गायक श्रेष्ठले प्राण भरेको उनको भनाई छ ।

यस्तै अभिनेत्री शाहले  गायक श्रेष्ठको स्वर रहेको गीतमा नायक श्रेष्ठसँग स्कृन सेयर गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताइन । गीतको अडियो निकै बलियो लागेरै भिडियोमा काम गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै गीतकार डा. अर्याललले गीतको रचना गर्भबारे प्रकाश पारेकी थिइन । उनले बृद्ध उमेरमा एक्लो जीवन कसैले भोग्न नपरोस भन्ने सन्देश दिन यो गीत तयार पारेको जनाइन ।

यस्तै संगीतकार संघ नेपालका अध्यक्ष सापकोटाले गीतकार डा. अर्याल, संगीतकार उपाध्याय र गायक श्रेष्ठले नेपाली संगीतलाई थप धनी बनाएको बताएका छन् । उनले गीतले वर्तमान समयको वास्तविकता बोलेको जनाए । यस्तै चर्चित संगीतकार एवम्  पीम नेपालका उपाध्यक्ष संगीतकार थापाले गीतले दिएको सन्देश सबैले मनन् गर्न सके कोही कहिल्यै एक्लो हुन नपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुङ्गाना, संगीतकार संघका महासचिव बसन्त सापकोटा, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, ब्युटि पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, फिल स्टुडियोका निर्देशक कुमार केसी,  चर्चित गीतकार डि.पी. खनाल लगायत गीतमा आवद्ध सम्पूर्ण कलाकर्मी सहित बिभिन्न गायक गायिकाको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् म्युजिक भिडियो :

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.