सलकपुरमा हात्ती सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

३२ साउन, मेचीनगर : चरा तथा वन्यजन्तुको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था एवम् संरक्षणकर्मीहरुको अग्रसरतामा इलामको रोङ गाउँपालिका वडा नम्बर ६ सलकपुरमा हात्ती सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

रोङ ६ का अग्रज जनप्रतिनिधि एवम् कृषक लाक्मान तामाङ्गको निवासमा आयोजित कार्यक्रममा हात्ती पिडित कृषक समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वन्यजन्तु विज्ञ तथा अनुसंधानकर्ता डा. तिलानाथ शर्माले इतिहास देखि वर्तमानसम्म हात्तीको वृतिविकासको बारेमा जानकारी दिनु भएको थियो । त्यसैगरी मुन्ना भट्टराईले हात्ती तथा अन्य वन्यजन्तुको नोक्सानमा राहात निर्देशिकाको व्यवस्था तथा आवश्यक कागजातको बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा हात्ती संरक्षणकर्मी शंकर क्षेत्री लुइटेलले हात्तीको आनीबानी, बाँच्ने उपाय एवम् जोखिमको सम्भावनाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमका संचालक समेत रहनुभएको संरक्षण अभिन्यता देवेन्द्रकुमार खरेलले हात्तीको पच्छिल्लो गतिविधि र त्यसले समाजमा पारेको प्रभावको विषयमा जानकारी गराउनु भएको थियो ।

फोटो : देवेन खरेल, मेचीनगर

हात्तीको अत्याधिक प्रभावक्षेत्र झापाको बाहुण्डाँगीसँग सीमा जोडिएको इलाम जिल्लाको रोङ गाउँपालिकाको सलकपुरमा पनि हात्तीको आउने जाने गतिविधि बढ्नथालेपछि सचेतना कार्यक्रम गरिएको हात्ती संरक्षणमा लामो समय क्रियाशील संरक्षणकर्मी शंकर क्षेत्री लुइटेलले बताउनु भयो ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाज–झापा, उज्यालो नेपाल–बर्दिया, फोरेष्ट एक्सन नेपाल, जलथल झापा, डारबिन इनिसिएटिभको संयुक्त आयोजनामा उक्त सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको मेची चरा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्रकुमार खरेलले जानकारी दिनुभयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.