झापाका लायन्सहरुको संयुक्त पदस्थापन सम्पन्न

८ भदौं, भद्रपुर : झापामा क्रियाशील सातवटा लायन्स क्लव र तीनवटा लियो क्लवको पदस्थापन शनिबार एकैसाथ भद्रपुरमा सम्पन्न भएको छ ।

वर्ष २०२४/०२५ का लागि चयन भएका लायन्स क्लव अफ भद्रपुर, लायन्स क्लव अफ विर्तामोड, लायन्स क्लव अफ अनारमनी, लायन्स क्लव अफ विर्तामोड लेडी, लायन्स क्लव अफ धाइजन–चारआली, लायन्स क्लव अफ मेचीनगर, लायन्स क्लव अफ स्मार्ट लेडी र लियो क्लव अफ भद्रपुर, लियो क्लव अफ विर्तामोड, लियो क्लव अफ अनारमनी, लियो क्लव अफ विर्तामोड सिनियर र लियो क्लव अफ मेचीनगरका अध्यक्षलगायत पदाधिकारी–सदस्यहरुले लायन्स क्लव अफ भद्रपुरको आतिथ्यमा भद्रपुर ८ स्थित डे–ग्लो बेङ्क्वेटमा आयोजित समारोहका बीच संयुक्त रुपमा पदभार ग्रहण गरेका हुन् ।

लायन्स क्लव अफ भद्रपुरकी अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा आयोजित पदस्थापन समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारीले लायन्स र लियोका वर्ष ०२४/२५ का पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए भने वर्ष ०२३/०२४ का अध्यक्ष तथा पदाधिकारी सदस्यहरु आ–आफ्नो पद हस्तान्तरण गरेका थिए ।

समारोहमा लायन्स क्लव अफ भद्रपुरकी ०२३/०२४ की अध्यक्ष शर्मिला अधिकारीले वर्ष ०२४/०२५ का अध्यक्ष उत्तम राजवंशी, लायन्स क्लव अफ विर्तामोडकी अध्यक्ष संगीता रौनियारले प्रदीप खरेललाई, लायन्स क्लव अफ विर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले इन्दिरा खरेललाई, लायन्स क्लव अफ स्मार्ट लेडीकी अध्इक्ष अञ्जु पाण्डे खड्काले मञ्जु उप्रेतीलाई, लायन्स क्लव अफ अनारमनीकका अध्यक्ष महेन्द्र घिमिरेले शर्मिला जोशीलाई, लायन्स क्लव अफ धाइजन–चारआलीका जगन्नाथ भट्टराईले टिका रिजाललाई र लायन्स क्लव अफ मेचीनगरका रोशनलाल प्रधानले दिनेश पोखरेललाई पद हस्तान्तरण गरेका थिए ।

यस्तै, लियो क्लव अफ विर्तामोड लेडीकी प्रशंसा घिमिरेले दीक्षा कडरियालाई, लियो क्लव अफ विर्तामोड सिनियरका अर्थ परिवालले भुवन ल्वागुनलाई, लियो क्लव अफ अनारमनीका रोहन पोखरेलले विनिता न्यौपानेलाई, लियो क्लव अफ मेचीनगरका आशिष पौडेलले संगम बराललाई र लियो क्लव अफ भद्रपुरका सिकेन्द्र यादवले दीक्षा राजवंशीलाई पद हस्तान्तरण गरेका थिए ।

लायन्स क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष योगेन्द्र पौडेलले सञ्चालन र लायन्सका इरिया चिफ शैलेन्द्र कुरुम्बाङले स्वागत गरेको सो पद हस्तान्तरण समारोहका बीच लायन्स क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष यमबहादुर श्रेष्ठले आफ्नी ममतामयी माताको स्मृतिमा श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुलाई पोशाक वितरण गरेका थिए भने लायन्स क्लव अफ विर्तामोड लेडीका तर्फबाट सञ्चारकर्मी बिजय बराललाई सम्मान गरिएको थियो ।
समारोहमा वर्ष ०२३/०२४ का अध्यक्षहरुले आफ्नो कार्याकलमा भएका सामाजिक कार्यहरुका बारे जानकारी गराएका थिए भने ०२४/०२५ का अध्यक्षहरुले आफ्नो कार्यकालमा गरिने सामाजिक सेवाकार्य बारे प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.