तस्बिरमा हेर्नुहोस् टुंडिखेलमा यसरी मनाइँदैछ संविधान दिवस

३ असोज, काठमाडौँ : नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा संविधान दिवस विभिन्न कार्यक्रमका गरी देशभर मनाइँदैछ ।

विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । विभिन्न सैनिक कौशल प्रदर्शनको साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.