८ कात्तिक, विर्तामोडः विहिबार झापाको विर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो विस विश्वभरी मनाइन्छ । यसका साथै अक्टोबर २४ अमेरिकी चिकित्सा क्षेत्रका अनुसन्धानदाता तथा भाइरलोजिस्ट जोनास सल्कको जन्मोत्सव पनि हो । उनले नै पहिलोपटक सफल पोलियो खोपको आविष्कार र विकास गरेका थिए ।
यो दिवस मनाउनुको उद्धेश्य पोलियो उन्मुलनबारे जनचेतना फैलाउनु र विश्व स्वास्थ संगठन तथा अन्य संगठनमार्फत यो उद्धेश्य हासिल गर्न लागि परेका हजारौं स्वयमसेवकप्रति सम्मान देखाउनु पनि हो ।
इलामसहित झापाका विभिन्न सात वटा रोटरी क्लबहरुले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष डाक्टर आनन्दराज खनालले जानकारी दिनुभयो । ‘किप नेपाल पोलियो फ्रि’ भन्ने मुल नारासहित विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लवहरुले झापामा संयुक्त सचेतनामूलक प्रभातफेरी निकालेका थिए ।
रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ काँकरभिट्टा, रोटरी क्लव अफ भद्रपुर,रोटरी क्लव अफ विर्तामोड, रोटरी क्लव अफ विर्तामोड मिडटाउन, रोटरी क्लव अफ दमक, रोटरी क्लव अफ मेचीनगर र रोटरी क्लव अफ इलामसहित सातवटा क्लबका सदस्यहरुको सहभागिता रहेको रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो ।
विर्तामोडस्थित मुक्तिचोक परिसरबाट बाईबाई पोलियो, शान्त बसौं र पोलियोको शिकार नबनौं,पोलियोको अन्त गरौं, ‘किप नेपाल पोलियो फ्रि’ ‘विश्व पोलियो दिवस सफल पारौँ’लगायत नारा लेखिएका प्ले कार्ड र व्यानर अनि विभिन्न सचेतनामुलक नारा लेखिएका र रोटरीको लोगो अंकति टि सर्ट र क्यापसहित निस्केको र्यालीले शनिश्चरे रोड, हिकोला रोड, काँकरभिट्टा रोड, भद्रपुर रोडसहित विर्तामोड बजारको मुख्यः मुख्यः भागको परिक्रममा पछि सोहि स्थानमा आएर संक्षिप्त सभामा परिणत भएको थियो । रोटरी क्लबका एजी कुमारमणि पोखरेलले संक्षिप्त सभालाई सम्बोधन गदैं रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रमको समापनमा बोल्दै एजी पोखरेलले पोलियोलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले पोलियो उन्मुलनका लागि रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । पोलियो लगभग लगभग अन्त्य हुने अवस्थामा पुगेको बताउदैं उहाँले नेपालबाट पोलियो उन्मुलन हुने दाबी गर्दै त्यो लक्ष्य पूरा गर्ने जिम्मा रोटरीहरुको भएको उहाँले बताउनुभयो ।
विश्व स्थास्थ्य संगठनका अनुसार पोलियो अत्यन्त संक्रमणात्मक भाइरल रोग हो । यसको कुनै उपाचार छैन तर यसलाई खोपमार्फत रोकथाम गर्न सकिन्छ । निश्चित पटक पोलियो खोप दिइसकेपछि यसले जीवनभरको लागि पोलियोबाट जोगाउँछ । यही कारण पोलियो उन्मुलनको रणनीति भनेको विश्वमा एक मात्र पोलियो संक्रमित व्यक्ति रहेसम्म प्रत्येक बालबालिकाहरुलाई खोप लगाउने भन्ने छ ।
हाल पोलियो विश्वको अत्यन्त गरिब भाग र सिमान्तकृत समुदायमा मात्र बाँकी रहेको छ । आज विश्वका तीन देशमा मात्र पोलियो प्रसार रोक्न सकिएको छैन । ती देशहरु पाकिस्तान,अफगानिस्तान र नाइजेरिया हुन् । सन् १९८८ यता ठूलो प्रगति भएपनि एक जनामात्रै बच्चा पोलियो भाइरसबाट संक्रमित रहेमा त्यसले विश्वभरका बालबालिकाहरुमा रोग सर्नसक्ने खतरा रहन्छ ।
कार्यक्रममा एजी सुजन प्रधान, विनोद बस्नेतसहित रोटरी र रोट्र्रयाक्ट क्लबहरूका सदस्यहरुको सहभागिता रहेको थियो ।