सन्दर्भ : उपनिर्वाचन कन्काई —६ झापा, के काँग्रेसले फर्काउँला त २०७४ को विरासत ? या एमालेले जोगाउला आफ्नो पुरानो साख ?

२५ कात्तिक, कन्काई : झापाका प्रमुख राजनीतिक दलहरु यतिखेर स्थानीय तहको उपनिर्वाचनको गृहकार्यमा जुटेका छन् । मुख्यः दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ मा हुन गईरहेको यो उपनिर्वाचनलाई आ—आफ्नो दलको भाग्य परीक्षाकारुपमा लिएका छन् । सोहि अनुसार दलहरु उपनिर्वाचनको गृहकार्यमा जुटेका हुन् । झापाको कन्काई नगरपालिका वडा नम्बर —६ मा उपनिर्वाचन हुदैंछ ।

त्यसकारण पनि यी प्रमुख दलको ध्यान उपनिर्वाचनमा छ । जिल्ला, नगर, गाउँ, क्षेत्र, वडा तथा टोलसम्मका नेता कार्यकार्ताहरुको झापाको कन्काई नगरपालिका वडा नम्बर —६ मा दैनिकजसो बाक्लो उपस्थिती, छलफल, भेला तथा तीब्ररुपमा चुनाव प्रसार प्रसारनै हुन थालिसकेको छ ।

अझ यो उपनिर्वाचन सत्ता साझेदार पार्टी नेकपा एमाले र नेपाली काँग्रेसका लागि त प्रतिष्ठाकै विषय बनेको छ । २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसकातर्फबाट उम्मेद्वार बनेका लक्ष्मीप्रसाद ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए, भने २०७९ सालमा भएको निर्वाचनमा तिनै ओलीले नेपाली काँग्रेसबाट असन्तुष्ट भएर बागी उम्मेद्वार बन्दा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार दीर्घबहादुर थापाको वडाध्यक्ष हुने ढोका खुलेको थियो ।

यसकारण नेपाली काँग्रेसलाई २०७४ सालको विरासत फर्काउनु छ भने, एमाललेलाई २०७९ सालको विरासत जोगाउनु पर्ने जिम्मेवारी काँधमा छ । यसकारण पनि यी दल जसरी भएपनि उप निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन साम, दाम, दण्डसवै लगाएर लागेका छन् । हुन् त यसपटक पनि लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका कारण दुवै दललाई यो उपनिर्वाचन जित्न सजिलो भने छैन् र उनीहरुका लागि मंसिर १६ गते कन्काई वडा नम्बर —६ मा हुने उपनिर्वाचन फलामको चिउरा चपाउनु सरह झै छ ।

नेकपा एमालेका तर्फबाट तुलाराम बस्नेतको नाम चर्चामा रहे पछि आधिकारीकरुपमा २६ कात्तिक सोमबारमात्र उम्मेद्वारको नाम घोषणा गर्ने नेकपा एमाले झापा जिल्ला कमिटीले जनाएको छ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता भएर सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन भईसकेको निर्वाचन आयोगले जनाएको छ । खासगरी यो एउटा वडाको उपनिर्वाचन भएकाले त्यहीको कन्काई नगर कमिटी, वडा कमिटी, टोल कमिटी, पार्टी सदस्यहरु, शुभेच्छुकहरु निर्वाचनमा परिचालन हुने जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेलले जानकारी दिनुभयो । हरेक मतदाताहरुकहाँ उम्मेद्वारहरुकहाँ उहाँहरु नै पुग्नुहुन्छ उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो ।

नेपाली काँग्रेसले यो उपनिर्वाचनलाई सामान्यरुपमा लिएको जनाएको छ । ‘हामी प्रचार प्रसार टि सट क्याप र माइकिङ्ग गरेर निक्कै तामझामका साथ जादैनौ ’नेपाली काँग्रेस झापा जिल्ला सभापति देउमान थेवेले भन्नुभयो—‘सरलरुपमा उपनिर्वाचनमा भाग लिएका छौ, चुनावी प्रतिस्पर्धा गर्ने सवैले चुनाव जित्दैनन्, हामी अन्तिममा जे परिणाम आउछ चित्त बुझाउँछौ । निक्कै उफ्रेर आमसभा र चुनावी सभा गदैैनौ यो उपनिर्वाचन हो हामी सामान्यरुपमा चुनावी मैदानमा छौ ।’ नेपाली पार्टीका वडा सभापति समेत रहेका रामगोपाल ओलीलाई उम्मेदवार बनाउने पक्का सरह छ ।

नेकपा माओवादी केन्द्रका झापा झापा सह संयोजक राजु आचार्य अग्नि आफ्नो पार्टीका तर्फबाट उम्मेद्वार बनेका गणेश थापा एकजना इमान्दार कार्यकर्ता भएको दाबी गर्नुहुन्छ । जिल्लाले सवै तह र तप्काका नेता कार्यकर्ता सवैलाई उपनिर्वाचनतर्फ जुट्न निर्देशन दिईसकेको सह संयोजक आचार्य बताउनुहुन्छ । नेकपा माओवादी केन्द्रले मुलुक र जनताका पक्षमा गरेका काम,स्थानीय क्षेत्र र सामाजिक न्यायको क्षेत्रमा गरेका विकास निर्माण र जनताको आवाजका रुपमा माओवादी केन्द्रलाई बुझ्ने गरेका कारण यो उपनिर्वाचन माओवादी केन्द्रको पक्षमा जाने र जीत सुनिश्चित हुने सह संयोजक आचार्यको दाबी छ । थापा नेकपा माओवादीको जिल्ला सदस्य समेत हुनुहुन्छ ।

आफ्नो पार्टीका तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार बन्नु भएका थापाको जनताप्रतिको इमान्दारीता, पार्टीप्रतिको सक्रियता, युवा नेता, डिप्लोमा सम्मको अध्ययन, आम जनतामा लोकप्रिय, इमान्दार भएकै कारण पनि उहाँले चुनाव जित्नेमा कुनै द्वविधा नरहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीले सवै तह र तप्काका नेता कार्याकर्ताहरुलाई इमान्दारपूर्वक जिम्मेवारी बोधका साथ लागन निर्देशन दिईसकेको समेत बताउनुभयो । उपनिर्वाचनको तयारीको हिसावमा अहिले सम्म कन्काई नगर कमिटी तीब्ररुपमा लागि परेको र थप सवै नेता कार्याकर्ताहरु जुटिरहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा आफ्नो पार्टीका वडाध्यक्ष पदका उम्मेद्वार सामाजप्रति जिम्मेवार, भ्रष्टचार विरोध र जनतामाझ लोकप्रिय भएकै कारण चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । मंसिर १६ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट कन्काई वडा नम्बर ६ मा नारायण निरौलालाई वडाअध्यक्षको उम्मेद्वार बनाएको छ । निरौला पार्टीका सोहि वडाका वडाध्यक्ष समेत हुनुहुन्छ । उपनिर्वाचनका लागि त्यस वडाबाट नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले आ—आफ्नो दलकातर्फबाट उम्मेद्वाको नाम टुङ्गो लगाई सकेका छन् भने स्वतन्त्र उम्म्ेद्वारका रुपमा लक्ष्मीप्रसाद ओलीले आफ्नो उम्मेद्वार दर्ता गर्नुभएको छ । एकपदका लागि चारवटा राजनीतिक दल र एकजना स्वतन्त्र उम्मेद्वारगरी कुल पाँचजना चुनावी प्रतिस्पर्धामा हुने सम्भावना छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.