१५ मंसिर, इटाभट्टाः मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ । देशको समग्र विकासमा सहकारीले महत्वपूर्ण योगदन गर्दै आएकै कारण अहिले मुलुकको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको खम्बा मानेको उहाँको भनाई थियो ।
शनिवार झापाको मेचीनगरस्थित श्री मेची कृषक बहुमुखी सहकारी संस्था लिको २५ ओैँ वार्षिक साधारण सभा माईन्यूट प्रमाणिकरण उद्घाटन सत्रको प्रमुख अतिथिको आसनबाट पानसमा दिप प्रज्वलन गरि विधिवत उद्घाटन गदैं उपप्रमुख उप्रेतीले मेचीनगरमा देशका ठूल्ठूला सहकारीको सूचीमा पर्न सफल संस्था रहेको भन्दैं आगामी दिनमा समेत उत्तोरत्तर प्रगतिको कामना गर्नुभयो । देशका सहकारी संस्थाले देशको अर्थतन्त्रमा टेवा पुर्याएको र खेलेको भूमिका कसैले भुल्न नहुने र सहकारी संस्थाका हरेक गतिविधिको व्यवस्थापनमा ध्यान दिन जरूरी रहेको भन्दैँ उहाँले देशका सवै सहकारीलाई एउटै दृष्टिकोणले हेर्न नहुने स्पष्ट पार्नुभयो । १÷२ वटा सहकारी संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्त विर्सेका कारण धराशायी बनेको भन्दैं उहाँले सहकारीलाई साझा बनाउन आग्रह गर्नुभयो ।
संस्थाका सञ्चालक सदस्य र कर्मचारीबीच समधुर सम्बन्ध भए बचतकर्ताको रकम धराशायी नबन्ने भन्दैं सहकारीका नीति तथा कार्यक्रम र सहकारीका सिद्धान्तलाई पालना गर्न जोड दिनुभयो । सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको एउटा सबल स्तम्भका रूपमा लिईएको र सरकारले लिएको तिन खम्वे अर्थनीति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले स्पष्ट पार्नुभयो ।
‘मुलुकको अर्थतन्त्रमा देखिएको प्रतिकुलताका वावजुद पनि सहकारीले मुनाफा प्राप्त गर्न सक्नु एउटा सकरात्मक सन्देश हो ।’ उहाँले भन्नुभयो ।
सहकारीलाई सैद्धान्तिक रूपमा परिचालन गर्ने हो भने रोजगारी सिर्जना गरी गरिबी न्यूनिकरणमा अहम भूमिका खेल्ने कुरामा कसैको पनि दुईमत नहुने र यसले गरीविको रेखामुनि रहेका जनताको स्तरवृद्धिको भूमिका खेल्ने पनि उहाँको भनाई थियो । मुलुकमा सहकारी क्षेत्रले ठूलो रोजगारी र स्वरोजगारी सिर्जना गरेको छ । अहिले सहकारीक्षेत्रमा देखिएका समस्या हल गर्न वा सहकारी क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन सम्बन्धित पक्ष लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साधारणसभा माईन्यूट प्रमाणिकरणका क्रमामा संस्थाले स्वर्गीय डिगबहादुर सहकारी सम्मान संस्थाका संस्थापक अध्यक्ष नारायणबहादुर बस्नेतलाई पैदान गदैं थप विभिन्न विधाका १६ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
यसरी, पुरस्कृत तथा सम्मानितहुने हरूमा उत्कृष्ट बचतकर्तातर्फ तुलसा श्रेष्ठ ,चक्रपाणि पोखरेल, सन्तोष प्रसाईं, दुर्गादेवी भारती र रस्मिका धिमाल, उत्कृष्ट बाल बचतकर्ता एञ्जल राजवंशी, उत्कृष्ट अनिवार्य बचततर्फ प्रतापकुमार राजवंशी र लालमाया मगर, उत्कृष्ट ऋणि रामचन्द्र आचार्य, डम्वरकुमारी थापा मगर, आमबहादुर राई र माया खड्का, उत्कृष्ट कृषकतर्फ नरप्रसाद बास्तोला र पुजा पुरी, उत्कृष्ट खेलाडीतर्फ जितु धिमाल र उत्कृष्ट व्यवसायी केशवप्रसाद पोखरेल छन् । कार्यक्रमकै अवसरमा ४७ जना ज्येष्ठ नागरिकलाई समेत संस्थाले सम्मान गरेको छ ।
सवैलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, संस्थाका अध्यक्ष हरिबहादुर बुढाथोकीलगायतले दोसल्ला अविर माला पहिर्याएर नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
संस्थाका व्यवस्थापक दीपक काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता गर्दैँ संस्थाका अध्यक्ष बुढाथोकीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयरपूजीँ ५ करोड ९३ लाख ४७ हजार ६ सय पुगेको प्रतिवेदनमा उल्लेख छ । बचततर्फ ३८ करोड ४२ लाख ६४ हजार ५ सय ४२, लगानीमा रहेको ऋण ३० करोड ७९ लाख २९ हजार ५ सय ४७ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ संस्थाले एकवर्षमा भए गरेका कामलगायत रणनीतिक योजनातर्जुमा समेत प्रतिवेदनमा उल्लेख छ ।
मेचीनगर नगरपालिका वडा नम्वर –८ का वडाध्यक्ष गिरीराज धमला, वडा नम्वर – ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, प्रधानमन्त्री कृषि आधूनिकीकरण परियोजना प्रमुख रविन्द्र सुवेदी, सहारा नेपाल ईटाभट्टाका संयोजक राजन गिरी, महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष टीका सुवेदी, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनालगायतले सहकारीहरूले नेपालको अर्थतन्त्र पुर्याएको योगदानको चर्चा गर्नुभयो ।