२९ चैत, मेचीनगर : चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज नेपाल ल्याउने हल्ला भएसँगै काँकरभिट्टा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने बाक्लोरुपमा सुरक्षाकर्मी परिचालिन गरिएको छ । ।
उनले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको फेसबुकमा उल्लेख गरलगत्तै अब नेपाल ल्याउने चर्चा शूरु भएको थियो । उनलाई नेपालतर्फ ल्याउनका लागि उनका उनका समर्थक र आफ्न्त तथा केही सञ्चारकर्मी भारततर्फ लागेको स्थानीय प्रशासनले जनाएको छ ।
केही कानून व्यवसायी र मानवअधिकारकर्मीहरुसमेत काँकरभिट्टा नाकमा पुगेका छन् । यहि नाका भएर उनलाई ल्याउने सम्भावना कम भएको एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ ।
आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको भएपनि त्यहाँ उनका समर्थकको भीड रहेका कारण सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै भद्रपुर विमानस्थल मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।