३० चैत, दमकः नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुख्यः कुरा देशलाई चाहिएको सुशासन र विकाश भएको बताएका छन् ।
‘भ्रष्टचार नियन्त्रण होस जनताले सेवा सुविधा सजिलोसँग पाउन । त्यस काममा सरकार लागि परेको छ ।’ शनिवार झापाको दमकमा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण र संविधानको रक्षाका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले आयोजना गरेको बृहद जागरण सभामा बोल्दैं पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले विकासले जो कति अवरोध भएको थियो त्यसले गतिशिलता पाओस, विकासका कामहरु अगाडी बढन सकोस् भन्ने नै अहिले नेपाली जनताको चाहना भएको स्पष्ट पारे ।
‘आज देशको अवशयकता र जनताको चाहना भनेकै ओरालो लागेको देशको अर्थतन्त्र ओरालो लाग्ने क्रमबाट रोकिएर फेरि अगाडीतिर बढ्न सकोस् भन्ने रहेको छ’ उनले भने—‘त्यसका लागि देशमा स्थिरता र स्थायीत्व चाहिएको छ । देश जाहिले पनि अस्थिरता अस्थायीत्व, सरकार फेर्ने, ढाल्ने यहि खेलको चक्करमा विकाश निर्माणतिर ध्यान नदिने, विकाश होइन तमासा गर्ने स्टन्टबाजी गर्नेहरुको निशानातिर पदैं गयो ।’
आज देश विकास र सुशासनको बाटोमा अघि बढिरहेको उनले थपे । ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको अध्यक्ष ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले अब गति लिने जनाउँदै आगामी बजेट एवम् नीति तथा कार्यक्रममा नयाँ ढङ्गले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने बताए । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो ।
विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएको उनको टिप्पणी थियो । आन्दोलनका नाममा बैंक डुबाउनेहरु,सहकारकिो ऋण खाएर नतिर्नेहरु, आगजनी गर्नेहरु जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दै अघि बढेको भन्दैं ओलीले त्यस्ता तत्वबाट कसैले उत्साहित हुनु पर्दैन, ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही नहुने बताए ।
देश अब कानुनअनुसार अगाडि बढ्ेको भन्दैं उनले त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकिएको स्पष्ट पारे । विगतमा आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेको भन्दैं प्रधानमन्त्री ओलीले जनताको अभिमतबाट पुनःसरकारको नेतृत्वमा आएका बताए । अब वर्तमान सरकार स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका कारण अस्थिरतावादीहरुको कुनै भ्रममा नपर्न ओलीले सवैमा अग्रह गरे ।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदैे अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएको, भूमिसम्बन्धी कानुन पनि चाँडै आउँने, यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको र अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताए । भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्न आगामी संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको स्पष्ट पारे ।
एमालेविनाको समृद्ध नेपालको सपना पूरा नहुने र एमाले अझ विशाल हुने, जनतामा आधारित यो पार्टी देशको भविष्य भएका कारण एमाले असफल भए देश असफल हुने उनले दाबी गरे । कोसी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रियताका साथ परिचालित हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले युवाहरुलाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए । एमालेले आगामी लोकतन्त्र दिवसका दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौँ गएर राजतन्त्र पालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे । ‘एमालेको साथमा युवा छैनन् । एमालेमा युवा सिद्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैनन । ’ उनले भने ‘युवाले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।’
एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराई केन्द्रीय, प्रदशे, जिल्ला, क्षेत्रलगायतबाट सहभागी उल्लेखिय नेता कार्यकर्ता सहभागी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य , कोशी प्रदेश कमिटी इञ्चार्ज एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत वक्ताले मुलुकको समसामयिक अवस्था तथा पार्टी गतिविधिबारे मन्तव्य व्यक्त गरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा भएको सभामा सहभागीलाई स्वागत नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा अध्यक्ष प्रेम गिरीले सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले गरेका थिए । विभिन्न जाजातिको पहिचान झल्किने झाँकी, राष्ट्रिय जनसाँस्कृतिक महासंघलगायतका कलाकारहरूबाट जनवादी गीतहरू प्रस्तुत भएको थियो ।