‘एमाले पार्टी नेताले होइन् कार्यकर्ताले बचाएका हुन् ’ : अध्यक्ष ओली

२९ असार, मेचीनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी नेताहरुले भन्दा पनि कार्यकर्ताहरुले बचाएको दाबी गरेका छन् । आइतबार झापाको विर्तामोडमा आयोजित नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको त बहुमत पार्टी सिद्धयाउन फुटेको दाबी गदैं उनले पार्टी पुर्नगठन गरेर नेताहरुभन्दा कार्यकर्ताहरुले पार्टी बचाएको दाबी गरे ।

कार्यकर्ता पंक्तिले कुरा बुझेर जुरुक्क पार्टीलाई माथि उठाएको अध्यक्ष ओलीले बताए । नेताहरु भन्दा पनि कार्यकर्ताहरुले पार्टीलाई विभाजित हुन नदिएको संगठित गरेर पार्टी विरुद्ध जानेहरुलाई एक्ल्याईदिएको उनको भनाई थियो । उनले पार्टीमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभ लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए ।

यसका लागि कार्यकर्ता पंक्तिलाई अध्यक्ष ओलीले धन्यवाद समेत ज्ञापन गरे । उनले एमालेबिनाको देश र केपी ओली बिनाको एमाले होस् भन्ने जति कामना गरे पनि यो कहिल्यै नहुने र उनीहरूको कामना पूरा नहुने बताए ।

‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ,’ उनले भने।

एमालेविरुद्ध जाल बुन्नेहरू सफल नहुने उनको भनाइ थियो। उनले भने,’एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन। हाम्राविरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन ।’

नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमको अध्यक्ष पार्टीका झापा अध्यक्ष प्रेमबहादुर गिरीले गरेका थिए । सचिव तुलसी कार्कीले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई विभिन्न संघ स.स्थाहरुले मागपत्र समेत पेश गरेका थिए । सोहि कार्यक्रममा अन्य पार्टी परित्याग गरी संयौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका थिए ।

Exit mobile version