मेचीनगर, २ फागुन | विश्वभर फेव्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्दै गर्दा झापा मेचीनगरका युवाहरु भने एउटा मानवीय कर्ममा जुटेका थिए ।
प्रेमिप्रेमिकाले एक अर्कालाइ प्रेमको प्रतीक मानिने रातो गुलाब दिदैं गर्दा मेचीनगरका युवाहरु रातो रगत दान गरिरहेका थिए । ‘एक अर्काका लागि प्राण दिने बाचा होइन कसैलाई नयाँ जीवन दिने प्रयत्न गरौ’ भन्ने मुख्यः नारासहित रोट्रयाक क्लब अफ काँकरभिट्टाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर नगरका युवाहरुले रक्तदान गरेका हुन् ।
मेचीनगर — ६ काँकरभिट्टास्थित मिनि मार्केट परिसरमा नेपाल रेडक्रस सो साईटि रक्त सञ्चार सेवा उपशाखा विर्तामोडको प्राविधिक सहयोगमा नगरका विभिन्न उदोगी, व्यवसायी, यातायातकर्मी विद्यार्थीलगायतले कार्यक्रममा रक्तदान गरेका थिए, कार्यक्रममा ७ महिला र ४० पुरुषगरी कुल ४७ जनाले रक्तदान गरेका जानकारी कार्यक्रम संयोजक बासु गौतमले जानकारी दिनु दिनुभयो ।जिल्लामा रगतको अभाव हुन नदिन र रगत अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्घेश्यले कार्यक्रम आयोजना गरिएको रोट्रयाक क्लब अफ काँकरभिट्टाका अध्यक्ष नितेशकुमार सिहं राजपुतले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सो साईटि रक्त सञ्चार सेवा उपशाखा विर्तामोडका पन्ता राई, विना भण्डारी, सरिता विक र विनिता राजवंशीले प्राविधिक सहयोगमा संकलन भएको सवै रगत नेपाल रेडक्रस सो साईटि रक्त सञ्चार सेवा उपशाखा विर्तामोडलाई हस्तान्तरण गरिएको छ । रक्तदातालाई फलफूल वितरण गरिएको थियो ।