जेन-जी आन्दोलन : संसद् भवन खरानी, खर्बौंको क्षति

‘जेन-जी’ समूहको आन्दोलनले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनलाई पहिलो निशाना बनाएको छ। आन्दोलनकारीको तोडफोड र आगजनीबाट संसद् भवनभित्रका सम्पूर्ण संरचना ध्वस्त भएका छन्, जसका कारण अर्बौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, भवनभित्र रहेका प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै ठूला कक्षका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, सर्भर, टेलिभिजनलगायतका सबै सामान जलेर खरानी भएका छन्। “बानेश्वरको संसद् भवनको सबै संरचना जलेर नष्ट भएको छ,” प्रवक्ता गिरीले भने, “कुनै पनि सामान सग्लो छैन र पहिचान गर्नसमेत नसकिने गरी खरानी भएका छन्।”

संसदीय दलको कार्यालय र सवारीसाधनमा क्षति
नयाँ बानेश्वरको संसद् भवन पूर्ण रूपमा ध्वस्त भए पनि सिंहदरबारस्थित संघीय संसद् भवन र विभिन्न समितिका भवनहरू भने सुरक्षित छन्। यद्यपि, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कार्यालयहरू भने पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

आन्दोलनकारीले संसद् सचिवालयका १३ वटा चारपाङ्ग्रे र ४० भन्दा बढी दुईपाङ्ग्रे सवारीसाधनमा पनि आगजनी गरेका थिए, जसमध्ये ३० वटा पूर्ण रूपमा जलेका छन्। सचिवालयले दैनिक कार्यहरू सञ्चालन गरिरहेको र क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माणको योजनाबारे छलफल गरिरहेको प्रवक्ता गिरीले बताए।

विधेयक निष्क्रिय, राष्ट्रियसभा सक्रिय
संसद् विघटनसँगै प्रतिनिधिसभामा विचाराधीन रहेका ३० वटा विधेयकहरू निष्क्रिय भएका छन्। यद्यपि, नागरिकतासम्बन्धी विधेयक भने पारित भइसकेकाले सभामुखबाट प्रमाणित भएपछि राष्ट्रपतिसमक्ष पठाइनेछ।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभा स्थायी सदन भएकाले त्यसको अधिवेशन चालु नै रहनेछ, तर त्यसको बैठक नयाँ बानेश्वरबाट सञ्चालन हुन सक्ने अवस्था छैन। यस घटनाले मुलुकको जनप्रतिनिधिमूलक संस्थाको अस्तित्वमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.