मेचीनगर–७ सतिघट्टा–गोमनसरीमा स्काउटको तीन दिने ‘फ्रेण्डसिप कार्निभल क्याम्प २०८२’ हुने

२४ कार्तिक, मेचीनगर : काँकरभिट्टा ओपन क्रयूको आयोजनामा मेचीनगर–७, सतिघट्टा–गोमनसरीस्थित अरनिको माध्यमिक विद्यालयमा तीनदिने “फ्रेण्डसिप कार्निभल क्याम्प २०८२” आगामी कार्तिक २७, २८ र २९ गते भव्य रूपमा आयोजना हुने भएको छ।
क्याम्पमा करिब ३५० जना विद्यालयस्तरका स्काउट, रोभर/रेञ्जर र स्काउटरहरू सहभागी हुनेछन्।

यस क्याम्पको उद्देश्य युवा स्काउटहरूमा नेतृत्व क्षमता, सहकार्य, अनुशासन र आत्मनिर्भरता विकास गर्नु रहेको आयोजकले जनाएको छ। काँकरभिट्टा ओपन क्रयूका अनुसार, यो कार्यक्रमले स्काउटको मूलमन्त्र “Service Before Self” (सेवाभन्दा माथि स्वार्थ होइन) लाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्नेछ।

तीनदिने कार्यक्रममा स्काउटिङसँग सम्बन्धित विभिन्न प्रतियोगिता र सांस्कृतिक प्रस्तुति रहने छन्। सहभागी टोलीहरूबीच मार्चपास प्रतियोगिता(March Pass Competition), गाँठो बाँध्ने प्रतियोगिता(Knotting Competition), ग्याजेट प्रतियोगिता (Gadget Competition), विनाभाँडा खाना पकाउने प्रतियोगिता(Backwoods Man Cooking Competition) लगायतका विविध प्रतियोगिताहरू सञ्चालन गरिनेछ। त्यस्तै साँस्कृतिक नृत्य(Cultural Dance Competition), कविता वाचन(Poem Competition), चित्रकला(Drawing Competition),, सजावट र हस्तकला (Handicraft  Competition) प्रतियोगितामार्फत विद्यार्थीहरूको सृजनात्मक पक्ष प्रदर्शन गरिनेछ।

कार्यक्रममा वृहत क्याम्प फायर(Grand Camp Fire) र सामाजिक साँझ (Social Night) को आयोजना गरिनेछ, जसले स्काउटहरूबीचको एकता, मैत्री र सहयोगको भावना अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।

क्याम्पमा मेचीनगर क्षेत्रका विभिन्न विद्यालयका स्काउट टोलीहरू, स्काउट लिडर, प्रशिक्षक, अभिभावक र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ। तीनदिने यो स्काउट क्याम्पलाई मेचीनगरकै एक आदर्श र प्रेरणादायी युवा कार्यक्रमका रूपमा अगाडि बढाउने तयारी भइरहेको स्काउट लिडर दिपक रायले बताउनु भयो ।

काँकरभिट्टा ओपन क्रयूका अध्यक्ष राजकुमार पराजुलीका अनुसार “फ्रेण्डसिप कार्निभल क्याम्प केवल स्काउट गतिविधिको प्रदर्शन मात्र होइन, यो युवाहरूमा सहकार्य, जिम्मेवारी र देशसेवाको भावना अभिवृद्धि गर्ने एउटा माध्यम पनि हो। यस क्याम्पले सहभागीहरूमा नेतृत्व र सेवाको संस्कार मजबुत पार्नेछ।”

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली र व्यक्तिगत प्रतिभालाई प्रमाणपत्र, ट्रफी, मेडल सहित सम्मान गरिने तथा रनिङ शिल्डबाट समेत पुरस्कृत गरिने स्काउट लिडर आनन्द शम्सेर बोहेराले जानकारी दिनु भयो ।।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.