Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह धर्म / संस्कृति

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 16, 2021
0
1 min read
in धर्म / संस्कृति, मुख्य समाचार, राष्ट्रिय
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

मेचीनगर, फागुन, ४  । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् ।

उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।

भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा सरस्वती बस्ने विश्वास गरिन्छ। ल्हासाबाट मूर्ति ल्याइएको यी सरस्वतीलाई नीलसरस्वती भनिन्छ । यस ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विद्यार्थीको भीड लाग्दछ।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

झापामा किसानले माघमा नै धान रोपे

अर्को समाचार

श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु

सम्बन्धित समाचारहरु

प्रथम अर्जुन तामाङ स्मृति खुला नकआउट फुटबल प्रतिायोगिता हुने
खेलकुद

आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

सि. एन. गौतम
March 6, 2021
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु
खेलकुद

मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरु

सुजन प्रधान
March 5, 2021
नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन
राष्ट्रिय

नेपालमै मोबाइलको एसेम्बल गर्ने तयारी,दूरसञ्चार प्राधिकरणले थाल्यो अध्ययन

मेरो मेचीनगर डेस्क
March 5, 2021
एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
मुख्य समाचार

एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मेरो मेचीनगर डेस्क
March 5, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै
    आज विराट भेट्रान र हाम्रो इटहरी भेट्रान उपाधिको लागि भिड्दै

अर्को समाचार

श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz