वीर अस्पताल र दरबार हाइस्कुलको भवन पुनर्निर्माण गर्ने क्रममा निर्माण सामग्री राख्ने र त्यहाँ काम गर्ने कामदारलाई अस्थायी रूपमा बस्ने प्रयोजनका लागि त्यहाँ टहराहरू निर्माण गरिएका थिए ।
तर दुवै भवन निर्माण सम्पन्न भए पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएका थिएनन् । काठमाडौँ महानगरले खुलामञ्चभित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।
बुधबार बिहानबाट महानगरले डोजर लगाएर त्यसभित्र बनेका घरटहरा साथै सबै संरचना भत्काउन थालेको छ । यसको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले तीन दिनभित्र खुलामञ्च खाली गरिने बताए ।