Monday, June 21, 2021
- बिज्ञापन -
गृह मुख्य समाचार११औ स्थापना दिवसको अवसरमा रोटरी काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

११औ स्थापना दिवसको अवसरमा रोटरी काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

मेचीनगर, ६ फागुन | रोटरी क्लब अफ काँकरभिट्टाले ११औ स्थापना दिवसको अवसरमा मेचीनगर— ५ स्थित मेची आधारभूत विद्यालयमा नवनिर्मित खानेपानी परियोजना विहीबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् वडानम्बर—४ का वडाध्यक्ष नविन वराल, रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२०/०२१ का अध्यक्ष कृष्णकान्त खनियाँले मेचीनगर वडानम्बर—५ का वडाध्यक्ष योगेन थापा मगर र विद्यालयका प्रधानध्यापक भरत दाहाललाई साचो दिएर परियोजना हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि वरालले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

क्लबका पास्ट प्रेसिडेण्ट मोहन निरौलाले यस अघि पनि रोटरीले यस विद्यालयमा अन्य रचनात्मक कार्य गरेको भन्दैं आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । उहाँले मेची आधारभूत विद्यालयलाई यस क्लबले ‘एडप’ गरी हरेक योजना दिने गरेको र सोहि अन्तर्गत क्लबले विद्यालयमा खानेपानीको व्यवस्था, कम्प्युटर प्रदान गरेको छ, श्रव्य दृश्य मार्फत पठन पाठनलाई सहज र सरल बनाउनका लागि ‘इ लर्निङ प्रोजेक्ट’ मार्फत शिक्षकहरुलाई तालिमको अवसर प्रदान गरेको, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको जानकारी दिनुभयो ।

सन् २०२०/०२१ का अध्यक्ष खनियाँले कार्यक्रमाके अध्यक्षता गदैं रोटरीले समाजका हरेक गतिविधिमा खेलेको भूमिकाका बारेमा जानकारी दिनुभयो । क्लबले शिक्षाका क्षेत्रमा धेरै काम गरेको बताउँदै उहाँले काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयका जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको जानकारी दिनुभयो । रोटरीको इतिहास एक पटक पछाडी फर्केर हेर्न आग्रह गदैं अध्यक्ष खनियाँले निक्कै राम्रा र उपलब्धिमुलक काम रोटरीले गरेको प्रष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण गरेर काम को थालनी गरेको जानकारी गराउदैं उहाँले विस्तारै विस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हात हालेर सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल रहको प्रष्ट पार्नुभयो ।

महासचिव उदयकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा मेचीनगर वडानम्बर—५ का वडाध्यक्ष योगेन थापा मगर, विद्यालयका प्रधानध्यापक भरत दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु चौलागाईँ, विद्यालय व्यवस्थापन समितिका सदस्य पर्शुराम पराजुलीलगायतले बोल्नुभएको थियो । उहाँहरुले रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो ।

वातावरणका क्षेत्रमा नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउन विभिन्न ठाउँमा वृक्षारोपणदेखि उपचारको पहुँचबाट टाढा टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना तथा क्यान्सर जस्तो प्राणघातक रोगका बारेमा चेतना प्रदान गर्ने उद्देश्यले वार्षिकरुपमा रोटरीले विविध कार्यक्रम आयोजना गर्ने गरेकोमा रोटरीको खुलेरै प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कोषाध्यक्ष दिलीप सुवेदी, काँकरभिट्टा बहुमुखी क्याम्पसका दुर्गाबहादुर लुईँटेल, सहकारीकर्मी भगिरथ राई, शिक्षासेवी, समाजसेवीलगायत रोटरीका सदस्यहरु, विभिन्न उद्योगी व्यवसायीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु